July 28, 2026, Tuesday
२०८३ श्रावण १३ बुधबार

‘धितो’

-दीपेन्द्र बडुवाल

सपना देख्न मनाही छ !
भाग्यले सुचित गरेको धेरै भो,
तर, अलिलि बाध्यता छन्
साँझ-बिहान छाक,
एकसरो नाना,
एक सानो, छानो,
छोरीहरुलाई कक्षा बढाएर
एक थान प्रमाणपत्र मिलाउने
किन की
भविष्यमा छोरीले
ती प्रमाणपत्र धितो राखुन्
यो सानो लक्ष्यका लागि पनि
मेरो प्रमाणपत्रले पुगेन
मेरो जेथाले धानेन
त्यसैले,
मलाई धितो राख्न
के गर्न पर्ला सरकार ?

Advertisement