July 27, 2026, Monday
२०८३ श्रावण १२ मंगलवार

म्याक्रों पुनः फ्रान्सको राष्ट्रपतिमा विजयी

फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुअल म्याक्रों निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् । म्याक्रोंले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । 

Advertisement

म्याक्रोंले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् । चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोँको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् । 

Advertisement

‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भनिन् । म्याक्रोंको विजयले युरोपेली नेताहरूलाई राहत पुगेको बताइएको छ ।  
हारपश्चात् पनि लि पेनले सम्बोधनमा आफूले पाएको भोट सेयर नै उनको सबैभन्दा ठूलो जीत भएको बताएकी छिन् । ​म्याक्रोंको जीतमा युरोपेली देशका शीर्ष नेताले उनलाई सोसल मिडियामा बधाई सन्देश दिएका छन् ।

फ्रान्सेली मतदातालाई म्याक्रोंलाई भोट दिन अपिल गर्ने युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पनि फ्रान्सका राष्ट्रपतिलाई आफ्नो सच्चा साथी बताउँदै बधाई दिएका छन् ।  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि म्याक्रोंको जीतको स्वागत गरेका छन् ।

फ्रान्सका राष्ट्रपति चुनावमा यसपटक ७२ प्रतिशत मात्रै मतदान भयो जुन सन् १९६९ पछिको सबैभन्दा कम हो ।