July 27, 2026, Monday
२०८३ श्रावण १२ मंगलवार

टी-२० विश्वकप छनोटः सुपर सिक्सको पहिलो खेलमा युएईसँग भिड्दै नेपाल

Advertisement

आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज युएई र नेपाल बिच प्रतिस्पर्धा हुँदैछ।

Advertisement

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४:१५ बजेदेखि खेल सुरु हुनेछ।

नेपाल र युएई दुवै टोलीले समुहचरणबाट समान २ अङ्क लिएर सुपर सिक्समा पुगेकाले आज जित निकाल्ने टिम विश्वकप छनोटमा बलियो बन्ने भएकाले पनि यो खेल महत्त्वपूर्ण हुनेछ।

समूह ‘बी’ को विजेताका बनेको नेपालले समूहचरणको अन्तिम खेलमा जापानलाई हराएको थियो। त्यसअघि पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो।

युएईले भने समूह ‘ए’ मा मलेसिया र कतारलाई हराएर समूह विजेता बनेको थियो। टी-२० अन्तर्राष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १० खेल भएका छन्। जसमा दुवै टोलीले समान पाँच खेल आफ्नो पक्षमा पारेका छन्।