कोपा अमेरिकाः इन्जुरी समयको गोलमा ब्राजिल विजयी


इन्जुरी समयको अन्तिममा कासेमिरोले गरेको गोलको सहयोगमा ब्राजिलले महत्वपूर्ण जित दर्ता गरेको छ । कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियामाथि संघर्षपूर्ण जित दर्ता गरेको हो ।
समूह बी अन्तर्गत भएको खेलमा कोलम्बियाले सुरुवाति अग्रता लिए पनि अन्तिम तिर त्यसलाई जोगाउन सकेन । १० औँ मिनेटमा लुइस डियाजले गोल गरि कोलम्बियालाई अग्रता दिलाएका हुन् ।
पछि परेको ब्राजिलका लागि ७८ औँ मिनेटमा रोबर्टो फिरमिनोले बराबरी गोल गरे । ब्राजिलको जितमा इन्जुरी समयको १० अर्थात १०० औँ मिनेटमा कासेमिरोले गरेको गोल निर्णायक बन्यो । यो गोलका लागि नेइमारले सहयोग गरेका हुन् ।
लगातार तीन खेलमा जित निकालेको ब्राजिल ९ अंकसहित समूहको शीर्ष स्थानमा छ र उसले यसअघि नै अघिल्लो चरणको यात्रा पक्का गरिसकेको छ । चारमध्ये एक खेलमा जित र एकमा बराबरी तथा दुई खेलमा पराजित भएको कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ ।
यसैबिच समूह बी अन्तर्गत बिहीबार बिहानै भएको अर्को खेलमा इक्वेडर र पेरुले २–२ को बराबरी खेलेका छन् । पेरुको चार तथा इक्वेडरको दुई अंक भएको छ ।
प्रतिकृया दिनुहोस्