March 18, 2025, Tuesday
२०८१ चैत्र ५

मैत्रिपूर्ण फुटबलमा ईराकसँग नेपाल ६–२ गोलले पराजित

ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो।

खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर  त्यसलाई लामो समय जाेगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ ले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

Advertisement

खेलको सातौं मिनेटमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै अली अब्दूल जहरले ईराकलाई अग्रता दिलाएका थिए । तर एक मिनेट लगत्तै अब्राहम खलाफले आत्मघाती गोल गर्दा खेल बराबरी भयो ।

आफ्नो डेब्यु खेलमा मनिष डाँगीले ३० औँ मिनेटमा नेपालका लागि गोल गरे । २-१ ले पछि परेको   ईराक ४० मिनेटमा खेलमा फर्कियो। मोहम्मद अब्दुल्लाहले कर्नरमा हेड गोल गर्दै खेल बराबरी गरे ।

त्यसपछि ४१ मिनेट र पहिलो हाफको थप गरिएको समयमा अयमन हुसेनले लगातार दुई गोल गरे । दोस्रो हाफमा अली अलसम्मरी र सज्जदा जसमीले एक एक गोल थपेका थिए ।