July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

पद्मा अर्याल एमाले संसदीय दल उपनेता चयन

Advertisement

नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ। प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो।

Advertisement

संसदीय दल नेता रामबहादुर थापा बादल छन्। संसदीय दल नेता बादलले नै अर्याललाई उपनेता मनोनीत गरेका हुन्।

प्रमुख सचेतक ऐन महरले सचिव अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको जानकारी दिए।

‘पार्टी संसदीय दल विधानमा संसदीय दल नेताले उपनेता तोक्ने व्यवस्था छ, सोहीअनुसार संसदीय दल नेताले उपनेता मनोनीत गर्नुभएको हो,’ उनले भने।

एमालेले यसअघि प्रमुख सचेतकमा महर र सचेतकमा निता घतानीलाई मनोनीत गरेको थियो।