May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

ठाकुरबाबा मन्दिरमा हजारौं श्रद्धालु

बर्दिया– लुम्बिनी प्रदेशको प्रशिद्ध बर्दियाको ठाकुरबाबा नगरपालिका–९, स्थित ठाकुरबाबा मन्दिरमा हजौरौं श्रदालु उपस्थित भइरहेका छन् । उक्त मन्दिरमा एक सातासम्म लाग्ने माघी मेलाको तेस्रो दिन सोमबार बिहानैबाट श्रदालुको घुइँचो लागेको छ । अहिलेसम्म मन्दिर दर्शनका लागि हजाराँै श्रद्धालु आएका छन् । आइतबार मात्र ५० हजार हाराहारी श्रद्धालु आएको मेला समितिले जनाएको छ ।

Advertisement

तीन वर्ष यता कोरोनाका कारण मन्दिरमा पूजा र भाकल गर्न श्रद्धालु आउन पाएका थिएनन् । मेला समिति अध्यक्ष रुद्र खड्काले यस वर्ष कोरोना महामारीको त्रास नभएकाले मुलुकका विभिन्न स्थानबाट श्रदालु आइरहेको बताए । ‘मेला भर्न बिहानैदेखि घुइँचो लाग्छ,’ उनले भने, ‘दिउँसो ३ बजेसम्म मन्दिरमा लामो लाइन हुन्छ ।’ बुढापाकाका अनुसार ठाकुरद्वाराको मन्दिर करिब चार सय वर्ष पुरानो मानिन्छ ।

Advertisement

विष्णु र शंकर (शिव) भगवानको आराधाना गरिने यस मन्दिरमा परम्परागत रुपमा थारु सम्प्रदाय र महन्तबाट पुजाआजा गरिन्छ । सदियौंदेखि माघे संक्रान्तिको अवसर पारेर लाग्ने मेलामा यहाँस्थित ठाकुरबाबा मन्दिरमा पुजा गर्न आउने श्रद्धालुको संख्या उल्लेखनीय रहेको ठाकुरबाबा नगरपालिकाका मेयर तिलक लम्सालले बताए । यस वर्ष मेलामा बर्दिया बाहेक, बाँके, सुर्खेत, कैलाली र छिमेकी मुलुक भारतको बहराईच र लखनउबाट समेत ठाकुरबाबाको पुजा गर्न श्रद्धालु आएको मेला आयोजक समितिका अध्यक्ष खड्काले जनाए ।

स्थानीय हरि गुरुङका अनुसार पहिलो दिन पुजापाठ गर्नेको संख्या बढी भए पनि अर्को दिनबाट मेलामा किनमेल गर्नेको संख्या उल्लेखनीय रुपमा बढ्छ । माघीको पूर्व सन्ध्याबाटै ठूलो संख्यामा श्रद्धालुहरु यहॉ आएका हुन् । ऐतिहासिक ठाकुरबाबाको मन्दिरको आधिकारिक रुपमा स्थापना कहिले भएको हो, यसको अभिलेख भने छैन । विशेष गरि यस मन्दिरमा माघे संक्रान्तिका दिन निसन्तानको चाहाना पुरा गर्न पुजाआजा गर्नुका साथै मनकामना पुरा गर्न भाकल गर्छन् ।

९९ प्रतिशतको मनकामना पुरा हुने यस मन्दिरमा माघी संक्रान्तिको अवसरमा भाकल पुरा भएकाहरुको भिड लाग्ने गरेको मन्दिरका थारु समूदायका पुजारीले बताए । माघे संक्रान्तिदेखि तीन दिनसम्म दिन भर धुनी बालेर ताप लिनु पर्ने परम्परा रहेको छ । धुनीका लागि सुकेको रुखका मुढा सल्काएर मन्दिर परिसरमा धुनी बालिएको छ । थारु बाहुल समुदाय र स्थानीय मिश्रित समुदायको धार्मिक आस्था र थारुहरुको नयाँ वर्ष हुने दिन यहाँ मेला भर्नेहरुको भिड लाग्छ । वर्षौंदेखि सञ्चालित परम्परागत माघी पर्वलाई मन्दिर व्यवस्थापन समितिले संयोजन गर्दे आएको छ ।

पहिलेको तुलनामा अहिले मेला व्यवस्थित भएका कारण कुनै अप्रिय घटना भएको छैन । चार दिनसम्म सञ्चालन हुने मेलामा पर्याप्त सुरक्षा, स्वयंसेवक समेत परिचालन गरिएको छ । बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा रहेको धार्मिक धरोहरको क्षेत्रलाई पर्यटकीय गन्तव्य क्षेत्रकारुपमा विकास गर्न धर्म संस्कृति थारु जनजाती एंव जैविक विविधताको संगम मानिएको स्थानीयले बताए । यस पवित्र मन्दिर क्षेत्रको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा सरोकारवालाको सहकार्यमा जोड दिनुपर्ने स्थानीय बताउँछन् ।