May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

सिद्धार्थनगरको विकासमा के काम गर्दैछन् प्रमुख र उपप्रमुख ?

Advertisement

रुपन्देहीका स्थानीय तहले शिक्षा, स्वास्थ्य, रोजगार, सिंचाई र पूर्वाधार बिकासलाई प्राथमिकता दिएका छन् । पालिका प्रमुख र उपप्रमुखले चुनावी वाचा पूरा गर्नुका साथै स्थानीय बासिन्दाका तत्कालका आवश्यकता पूरा गर्नतर्फ ध्यान रहेको बताएका छन् । उनीहरुले पालिकालाई वातावरणमैत्री बनाउँदै समृद्ध तुल्याउनेतर्फ जोड दिएको बताएका छन् । पब्लिक कुराले रुपन्देहीका स्थानीय तहका प्रमुख–उपप्रमुखसित श्रृंखलाबद्ध उनीहरुका बिकास योजना र काम कारबाहीका बारेमा कुराकानी गर्न थालेको छ । प्रस्तुत छ, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख र उपप्रमुखको बिचारः

Advertisement

सुन्दर नगर बनाउँदैछौं’
इश्तियाक अहमद खाँः प्रमुख, सिद्धार्थनगर नगरपालिका
रुपन्देहीको सदरमुकाम भैरहवालाई सुन्दर नगर बनाउँदै छौं । सबैको शिक्षा र स्वास्थ्यमा पहुँचमा ध्यान दिएका छौं । भौतिक पूर्वाधार, कृषि, समाजिक लगायत क्षेत्रमा विकासको गति बढाइएको छ । आन्तिरक आयस्रोत निकै न्यून हुँदा केही समस्या भने छ । तर, पनि विकासको गतीमा कमी आउन दिइएको छैन । नगरको विकासका लागि एशियाली विकास बैंकमार्फत् फुटपाथ, नालासहितको २५ किलोमिटर बढी सडक र डण्डा नदीलाई करिडोरको रुपमा विकास गर्नका लागि ठुला परियोजना भित्र्याउन सफल भएका छौं । नगर सौन्दर्यकरणमा जोड दिएका छौं । मुख्य सीमानाका देशको संस्कृतिक झल्किने गरी स्वागतद्वार निर्माण भइरहेको छ ।

उज्यालो नगर बनाउन हाइमास्ट लाईट र सडक बत्ति जडान गरिएको छ । छाडा चौपायालाई अस्थाई रुपमा व्यवस्थापन गरिएको छ । वृद्धवृद्धाहरुको घरघरमा पुगेर परामर्शका साथै स्वास्थ्य जाँच गरिएको छ । युवालाई रोजगार र सरकारी सेवामा आर्कषण बढाउनका लागि निःशुल्क लोकसेवा तयारी कक्षालाई निरन्तरता दिइएको छ । बहुउद्देश्यीय स्टेडियम निर्माणको पहल थालिएको छ ।

‘न्याय सम्पादनमा जोड दिएका छौं’
उमा अधिकारी: उपप्रमुख, सिद्धार्थनगर नगरपालिका
सिद्धार्थनगर नगरपालिकामा न्यायिक सम्पादन, अनुगमन, शारीरिक रुपमा अशक्त, महिला, बालबालिका लगायत क्षेत्रमा उत्कृष्ट कार्य गरिएको छ । सिद्धार्थनगरको न्याय सम्पादनलाई रुपन्देही जिल्ला अदालतले विभिन्न मूल्यांकनको आधारमा जिल्लामा सबैभन्दा उत्कृष्ट बताएको छ । मुद्दाको किनारा लगाउनलाई मेलमिलापमा जोड दिने गरिएको छ । सम्बन्ध विच्छेद गरेकालाई पुनर्मिलन समेत गराइएको छ । शारीरिक रुपमा अशक्तहरुलाई सेवा सुविधाको पहुँचमा पुर्याउनका लागि मापदण्ड अनुसार वर्गिकरण गरी अपाङ्गता कार्ड वितरण गर्ने गरिएको छ । शारीरिक रुपमा अशक्तहरुलाई सहायता साम्रगी उपलब्ध गराइएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न साम्रगी उपलब्ध गराउनुका साथै विभिन्न महिला समूहले आफैले उत्पादन गरेको आचार, जुत्ता, चप्पल, चुरा, पोते लगायतका साम्रगी विक्री स्थल लागि कोसेली घर संचालन गरिएको छ । सुत्केरी महिलालाई लक्षित गर्दै नगरमा उपप्रमुख सुत्केरी कोसेली भेटलाई निरन्तरता दिइएको छ ।