May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अबैध माटो उत्खननमा संलग्न ट्याक्टर, टिप्पर र जेसीबी नियन्त्रणमा

Advertisement

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुबाट माटो उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टर, टिप्पर र जेसीबी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइका ती सवारीलाई आवश्यक कारवाहीका लागि सम्बन्धित स्थानीय निकायमा बुझाइएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय, सालझण्डीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं. ११ तालिस्थितमा माटो उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा लु ४ त ४७६३ र लु ४ त ४७५९ न.को ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि नगरपालिकाको कार्यालयमा बुझाएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय, रन्यौराबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं. ३, सुनगाभास्थितमा माटो उत्खनन् गरी ओसारपसार गरिरहेको अवस्थामा लु २ ख ५९०० नं. को टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लापग पालिकामा बुझाएको रुपन्देहीमा प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

यसैगरी इलाका प्रहरी कार्यालय, सूर्यपुराबाट खटिएको प्रहरी टोलीले गैडहवा गाउँपालिका–८, हसनापुरस्थितमा अबैध रुपमा माटो उत्खनन गरिरहेको अवस्थामा ना १ क ४६१८ न. को जेसीबी नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पालिकाको कार्यालयमा बुझाएको भट्टले बताए । प्रहरी चौकी पोहवाबाट खटिएको प्रहरीले गैडहवा–५, बैरिहवा स्थितमा माटो उत्खनन गरी ओसारपसार गरिरहेको अवस्थामा लु ४ त ७२५८ नं.को ट्याक्टर फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पालिकाको कार्यालयमा बुझाएको छ ।