May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अब सिद्धार्थनगरमा राष्ट्रिय गानबाट सेवा सुरु

Advertisement

भैरहवा– कार्यालयको काम गर्नु अघि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले राष्ट्रिय गानबाट सेवा सुरु गरेको छ । कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित गराई राष्ट्रिय गानको सम्मान, कार्य जिम्मेवारीप्रति थप उत्प्रेरणा तथा उत्साह जगाउने एवं राष्ट्रप्रति भाव बढाउने उद्देश्यले कार्यालयमा राष्ट्रिय गानबाट सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement

कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रिय गानबाट कार्यालयको सेवा सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । कार्यालयमा बिहान दश बजे राष्ट्रिय गान सुरु भएपछि जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही राष्ट्रिय गानमा सहभागी भएर मात्र आ–आफ्नो कार्यकक्षतर्फ जाने गर्दछन् ।

राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही, कर्मचारीमा राष्ट्रप्रति भावना र आत्मियता बढ्ने तथा कर्मचारी, सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुर्याउने विश्वास लिइएको उनले बताए ।