कपिलवस्तु प्रहरीद्वारा स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ बरामद


कपिलवस्तु— कपिलवस्तु प्रहरीले स्रोत नखुलेको रकम बरामद गरेको छ । प्रहरीको जिल्लाको पकडी–चाकलचौडा सडकखण्डस्थित मायादेवी गाउँपालिका–२, अभिरावबाट स्रोत नखुलेको करिब साढे ५ लाख रुपैयाँ बरामद गरेको हो ।
पकडीबाट चारकचौडातर्फ जाँदै गरेको लु३५प ८९५९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सिटमुनी राखिएको अवस्थामा आइतबार राति १० बजेतिर ५ लाख ४८ हजार ५ सय रुपैयाँ बरामद भएको हो । प्रहरीले चेकजाँच गरिरहेको देखेपछि उक्त सडक खण्डको अभिरावमा मोटरसाइकल चालक भने मोटरसाइकल छाडेर भागेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद रकम र मोटरसाइकल आवश्यक कारबाहीका लागि सुठौली भन्सार पठाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्