July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

सह-आयोजक मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

सह-आयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै इंग्ल्यान्डले क्वाटरफाइनलम स्थान बनाएको छ। प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा इंग्ल्यान्डले पूर्ण दबाबबिच जित हासिल गरेको हो। इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले २ गोल गर्दा अर्को एक गोल कप्तान ह्यारी केनले गरेका थिए।

दोस्रो हाफमा १० खेलाडीमा समेटिएको इंग्ल्यान्डले पेनाल्टी प्राप्त गर्दा मेक्सिकोले पनि पेनाल्टी पाएको थियो। अन्तिम समयमा मेक्सिकोले एकतर्फी आक्रमण गरेपनि टिमले बराबरी गोल गर्न असफल भयो। जितसँगै इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि नर्वेसँग प्रतिस्पर्धा गर्ने छ।

Advertisement