मारवाडी युवा मंचद्वारा १५०० जनालाई पानी तथा जुस वितरण


भैरहवा– मारवाडी युवा मञ्च, भैरहवाले निर्जला एकादशीको अवसरमा भैरहवामा पानी तथा जुस वितरण गरेको छ। पवन मिष्ठान्न भण्डार अगाडि दिउँसो १ बजेदेखि सञ्चालन गरिएको उक्त कार्यक्रममा सर्वसाधारण, यात्रु तथा श्रद्धालुहरूलाई निःशुल्क रूपमा पानी तथा जुस वितरण गरिएको थियो।
कार्यक्रम संयोजक अर्चित बेरीवाल सामाजिक भावना एकादशीको अवसरमा जुस र पानी वितरण गरिएको जनाए । प्रमुख अतिथि सिद्धार्थनगर वडा नम्बर ५ का वडाध्यक्ष पुरणप्रसाद श्रेष्ठ युवा मंचको सामाजिक सेवाभावबाट अरु पनि सिक्न सक्ने जनाए । यस्ता कार्यक्रमलाई अन्य संघसंस्थाले पनि सिक्न जरुरी रहेको श्रेष्ठको भनाई छ ।
मञ्चका अध्यक्ष रोहितकुमार अग्रवाल र राष्ट्रिय मारवाडी युवा सङ्गठनका राष्ट्रिय अध्यक्ष मनोजकुमार अग्रवालले धार्मिक सहिष्णुता कायम राख्दै यस्ता समाजिक कामले समाजलाई सही मार्गमा डोर्याउने जनाए । उनीहरुले विगतदेखि नै संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।
उक्त कार्यक्रममा करिब १ हजार ५ सयजना यात्रु तथा सर्वसाधारणलाई पानी र जुस वितरण गरिएको अध्यक्ष रोहितकुमार अग्रवालले बताए ।
निर्जला एकादशीको धार्मिक तथा सामाजिक महत्वलाई आत्मसात् गर्दै गर्मी मौसममा यात्रु तथा सर्वसाधारणलाई शीतल पेय पदार्थ उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छन् ।
उक्त अवसरमा मञ्चका पदाधिकारी, सदस्य तथा समाजसेवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको सञ्चालन मारवाडी युवा मञ्च, भैरहवाका महासचिव मोहित सेठियाले गरेका थिए ।








प्रतिकृया दिनुहोस्