July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

सर्वोच्चले छाडेन विष्णु पौडेललाई, बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

Advertisement

भैरहवा– सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेका हुन् ।

Advertisement

नेकपा एमाले उपाध्यक्ष समेत रहेका पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

मन्त्री पदको दुरुपयोग गरेर पौडेलले भट्टलाई श्रीराम टोवाको प्रालिको सेयर खरिदमा सहजीकरण गरेको विभागका अधिकृतहरू बताउँछन् ।

गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।