गौतमबुद्ध विमानस्थल नचल्नु अर्थतन्त्रका लागि ठूलो नोक्सानी


भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानमा भइरहेको ढिलाइप्रति निजी क्षेत्र एकदमै गम्भीर बनेको छ । झन पर्यटन क्षेत्रका लगानीकर्ता त दिनदिनै चिन्ता व्यक्त गरिरहेका छन् । अब विमानस्थल सञ्चालन गर्न ढिलो भइसकेका कारण सरकार र सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्न जरुरी छ । पहिले एक–दुई जनाको दबाब थियो होला । अहिले अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन रुपन्देहीका सम्पूर्ण बासिन्दाको आवाज बनिसकेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीका लागि मात्र महत्वपूर्ण छैन । यो समग्र लुम्बिनी प्रदेश र पश्चिम नेपालकै समृद्धिका लागि अपरिहार्य छ । लुम्बिनी प्रदेशमा निर्माण भएको यो विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय प्रवेशद्वार र भगवान बुद्धको जन्मभूमिलाई प्रत्यक्ष विश्वसँग जोड्ने माध्याम बनेको छ । सरकारको अर्बौं रुपैयाँ लगानीमा यो निर्माण भएको हो । करिब तीन हजार मिटर लामो रनवे, अत्याधुनिक टर्मिनल भवन र आवश्यक सुविधायुक्त पूर्वाधारतयार भइसकेको भए पनि भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान अझै सुरु हुन नसक्नु चिन्ताको विषय बनेको छ ।
अधिकांश पूर्वाधार तयार भएर पनि लामो समय बितिसक्दा सञ्चालनमा ढिलाइ हुनु केवल पर्यटन मात्र होइन, सम्पूर्ण अर्थतन्त्रका लागि ठूलो नोक्सानी हो । नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित निकायको निष्क्रियता सञ्चालन नहुनुको प्रमुख कारण जस्तो लाग्छ । मेरो बिचारमा विमानस्थल सञ्चालनमा ढिलाइले रुपन्देही र आसपासको क्षेत्रका गरिएका लगानी डुब्ने अवस्थामा पुगेका छन् । लुम्बिनी र आसपासका होटल, रेस्टुरेन्ट, यातायात र पर्यटन व्यवसायमा गरिएको लगानी अझै प्रतिफल पाउन सकेका छैनन् ।
यसका साथै स्थानीय समुदायले अपेक्षा गरेको हजारौँ प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसर पनि गुमिरहेका छन् । विदेशी पर्यटकहरू अझै काठमाडौं वा भारत हुँदै लुम्बिनी आउन बाध्य छन् । जसले यात्रा उनीहरुको समय र लागत बढेको छ । कृषि र उत्पादन क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा हवाई निर्यात सम्भावना पनि खेर गएको छ ।
अहिलेको हाम्रो चिन्ता नै यहीँ हो । नेताहरु भाषणमा छिटो विमानस्थल सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । तर, काठमाडौं फर्किएपछि भुुल्ने गरेका छन् । अर्कोतर्फ संघीय राजधानीका लागि मुलुकका अन्य सहरको बिकास प्राथमिकता होइन कि जस्तो बनेको छ । किनभने अहिले पनि सबै सुविधा मुख्य पूर्वाधार काठमाडौं केन्द्रित छन । र, उतैंका पूर्वाधारले महत्व पाउने गरेका छन् ।
तसर्थ सरकार र प्राधिकरणलाई अन्तर्राष्ट्रिय एयरलाइन्ससँग ठोस सम्झौता गर्न, रुट प्रोत्साहन र सहुलियत उपलब्ध गराउन र लुम्बिनीलाई विश्व बजारमा तत्त्काल सक्रिय प्रचार गर्न जरुरी छ । हामी अहिले प्रत्येक महिना रोजगारी, आम्दानी र सम्भावना गुमाइरहेका छौं । त्यसैले अब विमानस्थल सञ्चालन गर्छौ भनेर वाचा गर्ने समय सकिएको छ । तत्काल कार्यान्वयनको समय हो । यसका लागि रुपन्देहीको नागरिक समाज, निजी क्षेत्र, राजनीतिक दल र सरोकारवाला एकबद्ध भएर विमानस्थल सञ्चालनका लागि सहजीकरणमा जुटन जरुरी छ ।
प्रधानमन्त्रीलाई भारत भ्रमणमा जाँदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न आग्रह
शक्तिकेन्द्रले जानीजानी गौतमबुद्ध विमानस्थल संचालनमा रोकेका छन्ः सन्तोष गिरी
प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध विमानस्थल चलाउने विषय उठाउन माग
‘सरकारले सकेन, निजी क्षेत्रलाई दिएर भए पनि गौतमबुद्ध विमानस्थल संचालन गरौं’
पाँच महिनादेखि गौतमबुद्ध विमानस्थल सुनसान, शनिबार भैरहवामा छलफल
गौतमबुद्ध विमानस्थल नियमित संचालनमा नआए चुनाव बहिष्कार गर्ने चेतावनी
गौतमबुद्ध विमानस्थल नियमित संचालनमा दवाव दिन संघर्ष समिति गठन








प्रतिकृया दिनुहोस्