भैंसी चर्छन् गौतमबुद्ध विमानस्थलमा (हेरौं चार तस्बिर)


भैरहवा– केही दिन अघि प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वपर्यटन मन्त्री समेत रहेका सांसद प्रेम आलेले नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा र आवश्यकता भन्दा बढी जमिन अधिग्रहण गरिएकाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसर भैंसीचरण बनेको बताए । सांसद आलेले यस्तो भन्दा केही सांसद हाँसे, केही मौन रहे ।
सामाजिक संजालमा ‘विमानस्थलमा भैंसी चर्छन्, त्यो पनि अन्तर्राष्ट्रिय विमानस्थलमा’ भनेर आलेको आलोचना भयो । केहीले आलेले ठीक बोलेको बताए । भैरहवाबासी, विमानस्थलबारे बुझेका, देखेकाले आलेको बोलीको प्रसंशा गरे । आलेले संसदमा बोलेपछि धेरैको जिज्ञासा थियो, साँच्चै अन्तर्राष्ट्रिय विमानस्थल भित्रै भैंसी चर्छन् र ?
हो, नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा सुनसान बनेको यहाँको विमानस्थल परिसरभित्र भैंसी नै चर्छन् । केही हुल बाख्रा पनि बेलाबेला स्थानीयले चराउन लग्ने गरेका छन् । खासरी गरी बनगाई क्षेत्रबाट विमानस्थलको कम्पाउण्डभित्र स्थानीयले चौपाया प्रवेश गराइ चराउने गरेका छन् । यसमा विमानस्थल प्रशासनले कुनै रोकावट गरेको छैन । हामीले यहाँ चार तस्बिरमा विमानस्थल क्षेत्रभित्र भैंसी चराउँदै गरेको तस्बिर साझा गरेका छौं ।











प्रतिकृया दिनुहोस्