June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

युवालाई उद्यमशील बनाउनु मेरो लक्ष्य होः काँग्रेस उम्मेदवार गुरुङ

Advertisement

भैरहवा– नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार सुशील गुरुङले आफ्नो लक्ष्य युवाहरुलाई उद्यमशील बनाउने रहेको बताएका छन् । उनले युवा उद्यमको विकास नहुँदासम्म विदेश पलायन नरोकिने जनाए ।

Advertisement

क्षेत्रका विभिन्न ठाउँमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै गुरुङले स्वरोजगार र उद्यमशीलता विकास गरी विदेशमा रहेका युवालाई स्वदेश फर्काउने र स्वदेशमा रहेकालाई विदेश जानबाट रोक्ने आफ्नो योजना रहेको बताए । ‘युवालाई उद्यमशीलता विकासका लागि स्टार्टअप फन्ड सञ्चालन, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप उपयोग गर्ने कार्यक्र मैले अगाडि बढाउने छु’, गुरुङले भने, ‘दक्ष युवाशक्ति उत्पादन गर्नु नै नेपाली काँग्रेस र मेरो लक्ष्य छ ।’

युवा नेता गुरुङले आफू युवा भएकाले युवाहरुको भावना सहजै बुझ्न सक्ने जनाए । ‘काँग्रेस मात्रै यस्तो पार्टी हो, जसले युवालाई पार्टीको सभापति बनाएको छ, युवाहरुको भावना बुझेको छ, जेनजीहरुको माग सबेधन गर्न पहिला पार्टीभित्रैबाट रुपान्तरण सुरु गरेको छ’, उनले भने, ‘त्यसैले युवा लक्षित कार्यक्रम हाम्रा प्राथमिकतामा छन् ।’

उनले विभिन्न तालिम सेन्टरहरु संचालन गरेर उद्यम गर्न चाहने युवालाई सीपयुक्त बनाइने र सुलभ कर्जा उपलब्ध गराएर उद्यमशीलतासँग जोडिने जनाए । यस्तै, दक्ष जनशक्तिलाई क्षेत्रकै विभिन्न उद्योग कलकारखानामा रोजगारीको ग्यारेन्टी गरिने सुनाए ।

काँग्रेस उम्मेदवार गुरुङले विदेश पलायन रोक्न स्वदेशमै आईटी र अन्य प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए । एक घर, एक युवा रोजगार कार्यक्रम संचालन गरी कुनै न कुनै माध्यमबाट युवालाई स्वरोजगार गराइने उनको योजना छ । दक्ष जनशक्तिलाई सजहै उद्यम र रोजगारीमा लगाउन सकिए पनि अदक्ष युवालाई सीप सिकाएर दक्ष बनाइने उनको योजना छ । क्षेत्रका पायक पर्ने स्थानमा हरेक तीन–तीन महिनामा यस्ता तालिम संचालन गरिने उनको भनाई छ ।

उनले आफूले युवाको समस्या बुझेको, क्षेत्रगत विकासका समस्या पहिचान गरी योजना बनाएको जनाउँदै एकपटक अवसर दिन आग्रह गरे । अवसर पाए क्षेत्रबासीलाई निरास हुन नदिने उनको भनाई छ । आफू यही माटोमा हुर्किएकाले यहाँका हरेक नागरिकको मन बुझेको उनले जनाए ।

काँग्रेस बदलिएर आएकाले जनलहर बढ्दो छः उम्मेदवार गुरुङ

रूपन्देही–३ का कांग्रेस उम्मेदवार गुरुङका ६ प्रतिबद्धता

शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार, रुपन्देही–३ विकासका आधारः कांग्रेस उम्मेदवार गुरुङ

मुलुकलाई कुशल नेतृत्व चाहिएका बेला मत खेर नफाल्नुस्ः कांग्रेस उम्मेदवार गुरुङ

‘गुरुङको उम्मेदवारीले रूपन्देही–३ मा काँग्रेस झन बलियो’

राजनीतिबाट खारिएका र जनभावना बुझेका सुशील

काँग्रेसले जितेमा मात्र देशको अर्थतन्त्र बलियो हुन्छः नेता खाँण