रूपन्देही–३ का कांग्रेस उम्मेदवार गुरुङका ६ प्रतिबद्धता


भैरहवा– नेपाली कांग्रेसबाट रुपन्देह–३ का उम्मेदवार सुशील गुरुङले आफ्ने क्षेत्र बिकासका लागि विभिन्न ६ बुँदामा प्रतिबद्धता जनाएका छन् । आफ्नो क्षेत्रलाई उदाहरणीय बनाउन उनले नागरिक सरोकारका ६ बुँदे प्रतिवद्धता उल्लेख गरेर मतदाता समक्ष भोट मागिरहेका छन् ।
कांग्रेस क्षेत्रीय सभापति समेत रहेका गुरुङ लामो समयदेखि आफ्नो क्षेत्रका नागरिकसित भिजेका व्यक्ति हुन् । सामाजिक र राजीतिक क्षेत्रमा उत्तिकै सक्रिय गुरुङ यसपटक बदलिएको कांग्रेसबाट नयाँ र युवा उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन् । उनीसित एमाले बाहेक दलबाट पनि नयाँ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
रुपन्देही–३ मा कांग्रेसको जनमत बलियो रहेकाले पार्टीको नेता, नीति र एजेण्डा बदलिएको सन्देश बोकेर घरदैलोमा पुगिरहेका छन् । गुरुङले सार्वजनिक गरेका प्रतिवद्धतामा पहिलो नम्बरमा उद्यमशिलता प्रवद्र्धनलाई राखेका छन् । क्षेत्रमा विभिन्न कलकारखानाका साथैं उद्यम र व्यापार रहेका छन् । उद्यमशिलताको प्रवद्र्धनबाट मात्रै नागरिकलाई आत्मनिर्भर र स्वरोजगार तुल्याउन सकिने भएकाले यसमा जोड दिएको उनले बताए ।
गुरुङले दोस्रो नम्बरमा स्वदेशमै सम्मानजनक रोजगारीको व्यवस्था गर्ने जनाएका छन् । अहिलेका युवामा बिदेशिने लहर भएको र स्वदेशमै काम नपाएका कारण मुलुकमा केही हुँदैन भन्ने मानसिकता हाबी भएकाले स्वदेशमा रोजगार बढाउन आफूले भूमिका खेल्ने उनले जनाए ।
कृषि र पर्यटन रुपन्देही–३ को आर्थिक समृद्धिका आधार हुन् । गुरुङले पनि कृषि र पर्यटन प्रवद्र्धनलाई एजेण्डा बनाएका छन् । यो क्षेत्र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो । भने, यही अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया नाका छन् । त्यसैले क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य उनले लिएका छन् ।
मुलुकका युवाका माग र आवश्यकता सम्बोधन नहुँदा गत भदौमा जेनजी आन्दोलन भएको थियो । गुरुङले युवालाई व्यवसायमा आकर्षित गर्न युवा उद्यमी प्रोत्साहन कार्यक्रम ल्याउने जनाएका छन् । साथै स्थानीय उद्योगी–व्यवसायीका आवश्यकता र माग सम्बोधन गरेर अर्थतन्त्र सुदृढिकरणलाई जोड दिने बताएका छन् । पछिल्लो समय रुपन्देहीमा लगानी आकर्षित भए पनि स्थानीय उद्योगी–व्यवसायीले सरकारबाट सहयोग नपाउँदा निराश छन् । गुरुङले त्यस्ता उद्योगी–व्यवसायीमैत्री कार्यक्रम ल्याउन पहल गर्ने बताएका छन् ।
समृद्ध मुलुकको सपना एकल यात्राबाट सम्भव हुँदैन । त्यसैले यस क्षेत्रमा रहेका नीजि क्षेत्र, सामाजिक संघसंस्था, युवा तथा महिला समूहसित सहकार्य गरेर क्षेत्र बिकासको अभियानमा सधैं अगाडि बढ्ने प्रतिवद्धता गुरुङले जनाएका छन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार, रुपन्देही–३ विकासका आधारः कांग्रेस उम्मेदवार गुरुङ
मुलुकलाई कुशल नेतृत्व चाहिएका बेला मत खेर नफाल्नुस्ः कांग्रेस उम्मेदवार गुरुङ
काँग्रेसले जितेमा मात्र देशको अर्थतन्त्र बलियो हुन्छः नेता खाँण








प्रतिकृया दिनुहोस्