राजनीतिबाट खारिएका र जनभावना बुझेका सुशील


भैरहवा– नेपाली काँग्रेसले रुपन्देही–३ अहिलेसम्मका सबैभन्दा कम उमेरका युवा सुशील गुरुङ्गलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको छ । झट्ट हेर्दा राजनीतिक क्षेत्रमा कलिलो अनुहार देखिए पनि गुरुङ्ग विद्यार्थी राजनीति, संगठन र सामाजिक संघसंस्थाको नेतृत्वबाट खारिएका पाका युवा हुन् ।
सानो उमेरदेखि भैरहवाको माटोमा खेल्दै हुर्केका गुरुङ्ग रुपन्देही र आसपास क्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक अवस्थासँग नजिकबाट परिचित छन् । राजनीतिक रुपले जनप्रतिनिधिका लागि उनको यो उम्मेदवारी पहिलो पटक भए पनि रुपन्देहीको क्षेत्र नम्बर ३ को अवस्थालाई उनले राम्ररी बुझेका छन् ।
रुपन्देहीको क्षेत्र नम्बर ३ हरेक दृष्किोणले सम्भावना नै सम्भावना बोकेको ठाउँ रहेको भनाइ उनको छ । ‘यस क्षेत्रलाई लुम्बिनी प्रदेशका १२ जिल्लामैं सबैभन्दा उत्कृष्ट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य मेरो छ’, उनले भने, ‘यहाँका मुद्दालाई सही किसिमबाट उठान गरि समाधानका लागि निरन्तर पहलकदमी गर्ने छु ।’
रुपन्देही–३ लाई लुम्बिनी प्रदेशकै उत्कृष्ट क्षेत्र बनाउन सकिने आधार भने यस क्षेत्रको पर्यटन, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–सुनौली सिमानाका, बिशेष आर्थिक क्षेत्र, आईसीपी, औद्योगिकरण र व्यापार व्यवसाय नै प्रमुख रहेको उनको भनाइ छ । ‘य िसवै विषयका तत्कालीन मूल समस्या के–के हुन् ? भन्ने वारेमा म अवगत छु’, उनले भने, ‘यस क्षेत्रको विकासका लागि म निजी क्षेत्र र सवै समूहसँग हातमा हात मिलाएर सँगसँगै हिंड्न तयार छु ।’
२०५१ सालमा नेबिसंघको साधारण सदस्य भएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका गुरुङ्ग भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सभापति हुँदै नेपाली काँग्रेस रुपन्देही–३ को क्षेत्रीय सभापतिसम्म भएका छन् । भने, सामाजिक क्षेत्रतर्फ तमु विद्यार्थी छोज धिं, सिद्धार्थ जेसीज, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, पक्लिहवा माविको व्यवस्थापन समिति अध्यक्ष लगायतका क्षेत्रमा सफल नेतृत्व गरिसकेका छन् ।
माघ ६ गते आफ्नो उम्मेदवारी दिएपछि उनी यतिबेला झिसमिसे उज्याले भएदेखि नै राती अबेरसम्म भैरहवा लगायत रुपन्देही–३ मा रहेका बस्ती तथा टोलटोलमा मतदातासँग भेटघाट र निर्बाचनका लागि सरसल्लाहमा व्यस्त छन् । जेनजी आन्दोेलनको मर्म र भावना अनुरुप राजनीतिक पार्टीहरु नयाँ ढंगले रुपान्तरण हुन जरुरी रहेको र जेनजी आन्दोेलनले राजनीतिक बृत्तमा औंल्याएको कमी कमजोरीलाई आत्मसात गरेर सच्चिएर अघि बढ्नु पर्ने उनी बताउँछन् । ‘अव राजनीतिक दलहरु पुरानै शैली र ढर्राबाट चलेर हुँदैन’, उनले भन्ने गर्छन्, ‘मलुलुकमा विद्यमान विकृति र विसंगतीको अन्त्य गर्न पटक–पटक ध्वंसात्मक बिद्रोह गर्दै यसरी नै बलिदानी दिइराख्न नपरोस् ।’

आजका युवालाई लागुऔषधको दुव्र्यसनबाट टाढा राख्ने र शैक्षिक अध्ययन तथा बैदेशिक रोजगारीका लागि बिदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि उनले विभिन्न योजना बनाएका छन् । विभिन्न सिपको माध्यमबाट मुलुक भित्रै स्वरोजगारको अवसर सिर्जना गरि युवालाई बिदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न सकिने उनले बताए । क्षेत्र नम्बर ३ नेपाली काँग्रेसको गढ मानिन्छन् । यही क्षेत्रमा पर्ने सिद्धार्थनगर, मायादेवी गाउँपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका, शुद्धोदन गाउँपालिका र बुटवल उपमहानगरपालिका २०७९ को निर्वाचनमा नेपाली काँग्रेसले जितेको छ ।
सरल स्वभाव, मुसुक्क हाँस्ने बानी र मिठासपूर्ण बोली उनका विशेषता हुन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीएस उत्तीर्ण गरेका ४७ वर्षीया गुरुङ सामाजिक क्षेत्रमार्फत् पनि परिचित छन् । विद्यार्थीकाल देखि नै राजनीतिसँगै समाजसेवा गरेर चर्चामा आएका उनले काँग्रेसको क्षेत्रीय सभापति भएर कुशल नेतृत्व गरिरहेका छन् । ‘राजनीतिलाई पेसा होइन्, सेवा बनाउनुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ’, उनले भने, ‘यही दृष्टिकोणबाट मैले राजनीतिलाई समाजसेवामा समर्पित गरेको छु ।’ राजनीतिक भाषण कला राम्रो भएका उनी काँग्रेस एकढिक्का भएको र परिवर्तित अवस्थालाई स्वीकार गरेर अगाडि बढेकाले क्षेत्रमा यसपटक नतिजा आफ्नो पक्षमा आउने विश्वास गर्छन् । उनी राजनीतिबाट खारिएका मात्रै छैनन्, यहाँका समस्यासँग परिचित छन्, जनभावना बुझेका छन् र समाधानका उपाय पनि बोकेका छन् ।








प्रतिकृया दिनुहोस्