June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

काँग्रेस बदलिएर आएकाले जनलहर बढ्दो छः उम्मेदवार गुरुङ

Advertisement

भैरहवा– काँग्रेस रुपन्देही ३ का उम्मेदवार सुशील गुरुङले सदरमुकाम भैरहवामा घरदैलोलाई तिब्रता दिएका छन् । एक साता अघि भैरहवा–लुम्बिनी सडक भन्दा उत्तरका पालिकामा मतदाता भेटघाट पूरा गरेका उनी केही दिनदेखि सदरमुकाम केन्द्रित चुनाव प्रचार गरिरहेका छन् ।

Advertisement

कांग्रेस प्रचारप्रसार समितिका अनुसार आइतबार सिद्वार्थनगर –९, मा घरदैलो कार्यक्रम गरिएको छ । बिहानैबाट उक्त वडाका घरघरमा पुगेर मतदाता भेटघाट गरिएको उम्मेदवार गुरुङले बताए । दिनभरि उक्त वडामा घरदैलो गरिएको छ ।

त्यस्तै सोमबार सिद्वार्थनगर–६, मा घरदैलो गरिएको छ । यसक्रममा सहरका प्रत्येक घरमा पुगेर बदलिएको काँग्रेसको पक्षमा मतदान गर्न अनुरोध गरिएको काँग्रेसले जनाएको छ । घरदैलोमा नगरका काँग्रेस कार्यकर्तासँगै समर्थक सहभागी भइरहेका छन् । प्रचारप्रसारमा नगरका युवा, महिला र बृद्वबृद्वा सहभागी हुने गरेका छन् ।

‘मेरो निर्वाचन क्षेत्रका मतदाताको समर्थनबाट उत्साहित छु,’ गुरुङले भने, ‘आफ्नो साँगठनिक भोट संरक्षण गरेमात्र पनि चुनाव जितिन्छ, झन् यसपटक काँग्रेस बदलिएर आएकाले जनलहर बढ्दो छ ।’ घरदैलोमा पनि स्थानीय कार्यकर्ताको उत्साहपूर्ण सहभागिता भइरहेको छ । यस्तो प्रचारप्रसारका क्रममा उम्मेदवार गुरुङले आफ्नो पृष्ठभूमि, एजेन्डा र काँग्रेसको प्रतिज्ञापत्र वितरण गर्दै आएका छन् ।

प्रचारका क्रममा सेमलारमा निर्माणाधिन आधुनिक थोक कृषि बजारवाट यस क्षेत्रका किसानद्वारा उत्पादित कृषि वस्तुहरू ग्रेडिङ्ग तथा ब्राण्डिङ गरि उच्चतम मूल्यमा बिक्री वितरण गर्न पहल गरिने बताएका छन् । त्यस्तै बेथरी–बेलबास अधुरो सडकलाई पूर्णता दिन पहल गर्ने बताएका छन् ।

यसका साथै मोतीपुर औद्योगिक क्षेत्रका प्रभावितहरू लाभान्वित हुने गरि समस्या समाधान गर्दै औद्योगिक क्षेत्र निर्माण गरिने, यस क्षेत्रका कुलो तथा नहरहरू व्यवस्थित गरि सिंचाईको प्रबन्ध मिलाइने, किसानहरूक लागि आवश्यक मलखाद, उन्नत विउविजनको भरपर्दो व्यवस्था गरिने उल्लेख गरेका छन् ।

रूपन्देही–३ का कांग्रेस उम्मेदवार गुरुङका ६ प्रतिबद्धता

शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार, रुपन्देही–३ विकासका आधारः कांग्रेस उम्मेदवार गुरुङ

मुलुकलाई कुशल नेतृत्व चाहिएका बेला मत खेर नफाल्नुस्ः कांग्रेस उम्मेदवार गुरुङ

‘गुरुङको उम्मेदवारीले रूपन्देही–३ मा काँग्रेस झन बलियो’

राजनीतिबाट खारिएका र जनभावना बुझेका सुशील

काँग्रेसले जितेमा मात्र देशको अर्थतन्त्र बलियो हुन्छः नेता खाँण