शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार, रुपन्देही–३ विकासका आधारः कांग्रेस उम्मेदवार गुरुङ


भैरहवा– फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–३ बाट कांग्रेस उम्मेदवार सुशील गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई जोड दिएका छन् । मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त उनले सबैभन्दा धेरै सम्भावना रहेको क्षेत्र भएकाले मानवीय विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकास र आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताए ।
रुपन्देही–३ का अधिकांश क्षेत्र आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यहाँका बासिन्दाले सफा सहर, शुद्ध खानेपानी, सलल ढल निकास र आधारभूत पूर्वाधारको विकास खोजिरहेको उनले बताए । ‘जतिसक्दो मतदातासित भेटघाट गरेर उनीहरुका अपेक्षा र धारण बुझिरहेको छुँ,’ उनले भने, ‘विभिन्न ठाउँका फरक फरक माग र अपेक्षा छन् । सबै टिपोट गरेको छुँ । यस क्षेत्रमा लामो समयदेखि काम गरेकाले धेरै समस्याबारे म अवगत पनि छुँ ।’
क्षेत्रका घरघरमा उज्यालो अभियान, शिक्षा अन्तर्गत छात्रबृत्ति व्यवस्था, डिजिटिल माध्यामबाट रोजगारी केन्द्रित शिक्षाको व्यवस्था गर्ने आफ्नो योजना रहेको उनले बताए । ‘हरेक व्यक्तिको स्वस्थ्य जीवन बाँच्नेसँगैं पढ्ने सपना पनि पूरा होस् भन्नेमा मेरो ध्यान छ,’ उनले भने, ‘त्यस लागि कार्ययोजना तयार गरेर काम गर्छु । ति कुरा पार्टीको प्रतिज्ञापत्रमा पनि आउने नै छन् । पार्टीको रोडम्यापसँगैं क्षेत्रका आवश्यकता पूरा गर्न लागि पर्नेछु ।’
पूर्वाधार विकास अन्तर्गत गाउँदेखि सहरसम्म फुटपाथ, साइकल मार्ग सहितका आकर्षक सडक निर्माणमा जोड दिने उनको योजना छ । अहिले भइरहेका सडक पनि व्यवस्थित नभएकाले जनगुनासो बढेको उनको भनाई छ । यसका साथैं सरकारले निःशुल्क उपलब्ध गराउँदैं आएका उपचार र औषधि नागरिक सम्म पुग्ने व्यवस्था गराउने र आफ्नो तर्फबाट खर्च नभएका नागरिकलाई एक्सरे लगायत उपचार र औषधिसम्म निःशुल्क व्यवस्थापन गर्न भूमिका खेल्ने उनको योजना रहेको छ ।
सहरी र ग्रामीण बासिन्दाका लागि स्वच्छ पिउने पानी र सरसफाई अति आवश्यक रहेकाले त्यसमा आफूले ध्यान दिने उनले बताए । ‘ढल निकासको समस्या धेरै रहेको छ,’ उनले भने, ‘नागरिकलाई अप्ठ्यारो महशुष नहुने गरि ढल निकास व्यवस्थापन गरिनेछ ।’
बाढी नियन्त्रण गरेर बस्ती सुरक्षित तुल्याइने उनले बताए । यसका साथैं सीपमूलक कार्यक्रम सञ्चालन गरेर युवालाई मुलुकमै स्वरोजगार तुल्याउन कार्यक्रम सञ्चालन गरिने उनले बताए । ‘हाम्रो पार्टीका सभापति गगनकुमार थापाले सबैंभन्दा धेरै युवासित जोडिएर युवा लक्षित काम गर्न खोज्नु भएको छ,’ गुरुङले भने, ‘सभापतिको लक्ष्य पूरा गर्न र यहाँका युवालाई स्वरोजगार तुल्याउन मैले पनि भूमिका खेल्ने छु ।’
मुलुकलाई कुशल नेतृत्व चाहिएका बेला मत खेर नफाल्नुस्ः कांग्रेस उम्मेदवार गुरुङ
काँग्रेसले जितेमा मात्र देशको अर्थतन्त्र बलियो हुन्छः नेता खाँण








प्रतिकृया दिनुहोस्