June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

मुलुकलाई कुशल नेतृत्व चाहिएका बेला मत खेर नफाल्नुस्ः कांग्रेस उम्मेदवार गुरुङ

Advertisement

भैरहवा – मुलुकमा केही भएन ? मुलुकमै बसेर केही हुने वाला छैन ? मुलुक त सिध्याएँ । आजकाल समाजमा यस्तै भनाई सुनिन्छन् । आम जनसमुदाय निराश छन् । यस्तो बेला मुलुक हाँक्न कुशल नेतृत्व चाहिएको रुपन्देही–३, का नेपाली कांग्रेस उम्मेदवार सुशील गुरुङले बताएका छन् ।

Advertisement

अहिलेसम्म मुलुक हाँक्ने चालक गतिलो नहुँदा जनताका अपेक्षा पूरा हुन नसकेको उनले बताए । ‘जसरी कुशल चालकले गाडीलाई गन्तव्यमा पुर्याउँछन्, त्यसैगरि मुलुकलाई पनि समृद्धिको गन्तव्यमा पुर्याउन कुशल चालक चाहिएको छ,’ उनले भने, ‘त्यसैले यसपटक मत खेर नहाल्न मेरो अनुरोध छ ।’

हरेक कालखण्डमा नेपाली कांग्रेसले मुलुकलाई सही दिशामा डोर्याएको उल्लेख गर्दै यसपटक पनि आफ्नो दल बदलिएर जनता समक्ष आएको बताए । पार्टीको विशेष महाधिवेशनबाट नयाँ सभापति चयन गरेर नयाँ कार्यदिशा सहित कांग्रेस चुनावमा होमिएको उनले जनाए । कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार तोकिसकेकाले यसपटक आफूलाई मतदान गर्न अनुरोध गरे ।

‘गगन थापा मुलुक बनाउने दृष्टिकोण भएका नेता हुनुहुन्छ,’ उनले भने, ‘उहाँलाई प्रधानमन्त्री बनाउन यसपटक मतदाताले प्रत्येक्ष र समानुपातिक दुबैतर्फ रुख चिन्हमा मतदान गर्नुपर्नेछ ।’

यस अघि प्रधानमन्त्री भइसकेका व्यक्ति प्ररीक्षण भएका पात्र हुन् । ‘नयाँ दलका नेतासित मुलुक कता पुर्याउने भन्ने ‘रोडम्याप’ नै छैन । त्यसैले ‘भिजन’ र ‘मिसन’ भएका नेता गगन कुमार थापालाई प्रधानमन्त्री बनाउने अवसर नगुमाउन मेरो आग्रह’, उनले मतदातालाई अनुरोध गर्दै भने । सामाजिक संघसंस्थाको नेतृत्व गर्दै आएका गुरुङ यसपटक रुपन्देही–३, बाट उम्मेदवार बनेका हुन् ।

आफू युवा उमेरमा हुँदा साथिभाईले बिदेश जान सल्लाह दिएको स्मरण गर्दै उनले भने, ‘जस्तो सुकै दुःख सहेर पनि नेपाली समाजको बिकासका लागि काम गर्नुपर्छ भनेर बिदेश नजाने निर्णय गरेँ । विद्यालय, क्याम्पस जीवनबाट राजनीतिलाई समाज सेवाका रुपमा अगाडि बढाएँ ।’

राजनीतिलाई विशुद्ध सेवाका रुपमा अँगालेका कारण यसपटक रुपन्देही–३, का जनताले संसदमा पुगेर जनपक्षीय कानुन निर्माणका लागि अवसर दिनुपर्ने उनले बताए । अर्कातर्फ सभापति गगन थापालाई प्रधानमन्त्री बनाउनकै लागि पनि आफूले चुनाव जित्न जरुरी रहेको उनले बताए । ‘सधैं सेवकका रुपमा जनता माझ उपस्थित भइरहेको छु,’ उनले भने, ‘चुनाव जितेर गएपछि पनि सेवककै रुपमा तपाईंहरु माझ हाजीर भइरहने प्रतिवद्धता व्यक्त गर्छु ।’

‘गुरुङको उम्मेदवारीले रूपन्देही–३ मा काँग्रेस झन बलियो’

राजनीतिबाट खारिएका र जनभावना बुझेका सुशील

काँग्रेसले जितेमा मात्र देशको अर्थतन्त्र बलियो हुन्छः नेता खाँण