रूपन्देहीमा एक दर्जन ग्यास डिलरमाथि प्रशासनिक कारवाहीको तयारी


भैरहवा–रूपन्देहीमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि अनुगमन कार्यलाई तिब्रता दिएको रूपन्देही प्रशासनले रूपन्देहीका झण्डै एक दर्जन ग्यास बिक्रेतालाई कारवाहीको दायरामा ल्याउने तयारी गरेको छ ।
ग्यास बिक्रेताहरुले उद्योगबाट प्राप्त गरेको परिमाण अनुरुपको उपभोक्तालाई सहज रुपमा उपलब्ध नगराएको, बढि मुनाफा लिने उद्येश्यले लुकाएर राखेको, कालोबजारी गरि अतिरिक्त मुल्य लिने गरेको लगायत्का कारण उनीहरुमाथि कारवाहीको तयारी गरेको हो ।
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन संयोजक मेघनाथ पाध्याले रूपन्देहीका विभिन्न स्थानहरुमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा नियम बिपरीत गतिबिधि गरेका ग्यास डिलरहरुमाथि कारवाही गरिने बताए । ‘अहिलेसम्म गरिएका बजार अनुगमनका क्रममा ११ जना ग्यास बिक्रेतामाथि केही न केही कारवाही गर्नु पर्ने अवस्था देखिएको छ’ पाध्याये भने, ‘कुन बिक्रेतालाई कस्तो खालको कारवाही गर्ने ? भन्ने कारवाहीको प्रकृति अनुगमन टोलीले दिएको प्रतिवेदनको आधारमा निर्धारण हुने छ ।’
उनका अनुसार, बुटवल, भैरहवा र सिमावर्ती क्षेत्रा अनुगमन कार्यलाई ती बनाउदै निरन्तरता दिइएको छ । बाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, ग्यास बिक्रेता संघ, स्थानीय उद्योग वाणिज्य संघ, व्यापार संगठन, व्यापार संघ, नगरपालिकाका प्रतिनिधि र सुरक्षाकर्मी सहितको टोली संयुक्त अनुगमनमा संलग्न छ ।
खुल्ला सिमानाको फाइदा उठाउदै नेपालबाट ग्यास सहितको सिलिन्डर भारततर्फ पुर्र्याउने तथा दशगजा सिमा क्षेत्रमा नेपाली सिलिन्डरबाट मेसिनको प्रयोग गरि भारतीय सिलिन्डरमा ग्यास भरिदिने कार्यलाई नियन्त्रण गर्न सिमा क्षेत्रमा सुरक्षाकर्मीलाई सजग बनाइएको पाध्याले बताए ।
रूपन्देही ग्यास बिक्रेता संघका अनुसार, रूपन्देहीमा ग्यासको कारोवार गर्ने व्यवसायीको संख्या करिव १ हजार छ । रूपन्देही ग्यास बिक्रेता संघका अध्यक्ष प्रदीपप्रसाद पन्थले अनुगमन कार्यमा प्रशासनिक निकायले सकृयता देखाउनासाथ बिक्रेताहरुबाट हुने बदमासी कम हुदै गैरहेको बताए ।








लेखकको सम्वन्धमा