दोष कसको ?
“आफ्नो त यस्तै सान सानो छ, जसोतसो निर्वाह चलाइएको छ,” साथीसँग दुखेसो पोख्यो घनश्यामले । “तिमीले त यही भए पनि बनायौ, आफू त उपत्यका छिर्नै सकिएन । छोइनसक्नुको जग्गा कसरी किन्नु ? जेनतेन किने पनि घर कसरी बनाउनु ?,” ज्ञानहरिले...
“चस्मा नलगाए पनि देख्नुहुन्छ ?,” चूडामणिले सोधे । “मेरो चस्मा टाढाको लागि मात्रै हो,” धनपतिले जवाफ दिए । “थकाइ कस्तो छ साथी ?,” उनले पुनः सोधे । “अब त मेटियो ।” यति भन्दै मोबाइलमा खिचेका फोटोहरू हेर्न थाले । “सहकारीको भ्रमणमा पनि कस्तो उकालो लेकतर्फ ल्याउँछन्, तल ठूलो ढुंगानेर धन्न खुस्किएन ! फोक्सै बाहिर आउलाजस्तो…
न कोही ठूलो न त सानो सवैलाई एकै देख्छु न त नर न त नारी न दल कुनै न बल थेग्छु अमिर गरिव निर्दो बलियो जे भए नि आफ्नै देख्छु मेरो भाषा नबुझे नि सुसेलीमा गुनगुनाउँछु खै किन हो म विनाको तिमीलाई निरस पाउँछु तिमीले आफ्नो ठान्यौ भने आँखाभरि सजाउँछु मलाई माया गर्यो भने मनैदेखि…
“चुरोट लिनुहुन्छ ?” लापरवाहीका साथ निकै महँगो ह्यान्ड ब्यागबाट शिखर मेन्थोल मेरो अघि सार्दै बोल्छिन् ऊनी । “होइन म लिन्न ?” अलिक सानो स्वरमा उत्तर दिन्छु । “मैले पिउँदा केही असर पो गर्ला कि तपाईंलाई” भन्दै म्यारून लिप्सिटिक लगाएको ओंठ बीच चुरोट राखेर सल्काउन थाल्छिन् ऊनी । “होइन तपाईं लिनुस् न !” भन्न बाध्य हुन्छु…
“आफ्नो त यस्तै सान सानो छ, जसोतसो निर्वाह चलाइएको छ,” साथीसँग दुखेसो पोख्यो घनश्यामले । “तिमीले त यही भए पनि बनायौ, आफू त उपत्यका छिर्नै सकिएन । छोइनसक्नुको जग्गा कसरी किन्नु ? जेनतेन किने पनि घर कसरी बनाउनु ?,” ज्ञानहरिले...
मैले उसलाई समाजमा नाङ्गो बनाएर बेइज्जत गर्ने धम्की दिएँ अनि मात्र ऊ गल्यो । धम्की निदिई आजकल यहाँ केही पनि पाउन सकिँदैन, न चन्दा न अधिकार । लेखकको गन्थन धेरै सुनियो । अब लोकतन्त्रमा पात्रको मन्थन पनि सुनौं । पुस्तकको...
पूर्णप्रसादले सन्न्यास लिनुभयो भन्ने हल्लाले सम्पूर्ण भेक नै ढाक्यो । “जागिरबाट अवकाश लिएको त पाँच वर्ष भयो, केबाट सन्न्यास लिनुभएछ ?,” भरखरै स्नातक उत्तीर्ण भएर आयोगको तयारी गर्दै गरेको नरेशले सोध्यो । “बुढाले त हरिद्वारमा गएर टुप्पी काटेछ्न् नि !,”...
बिहानैको अखबारले हेडलाइन ल्यायो ‘सहरको सय वर्षे नेताको मृत्यु भयो एउटा युगको समाप्ति भयो’ शहरकै बीचमा खडा थियो एक होइन, दुई होइन, तीन सय हिउँद कटेको विशाल वृक्ष इतिहासका अनेक अध्यायहरूको साक्षी सडक निर्माणको निहुँमा निर्ममतापूर्वक ढालियो त्यसलाई तर लेखेन...
बिछ्याएर आँखाहरू गोरेटोका धमिला धब्बाहरूमा । पर्खाइ पनि कति पट्यारलाग्दो, क्षणभर पनि दिनभरजस्तो शक्तिशाली पदचाप पछ्याउनु छ । देउरालीलाई पाती चढाएको पनि अन्धविश्वासको पछि लागेजस्तो भयो । यो उदासी, बेचैनी मेटेर भेट्नु छ उर्वर दिनहरू । उत्साहले भरिएका ऊर्जाशील क्षणहरू...
भैरहवा– भर जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो मो भानुभक्त धनी भैकन आज यस्तो मेरा इनार न त सत्तल पाटी नै छन् जे धन चीजहरु छन्...
भित्र पस्दा होस् या बाहिर निस्कँदा पालेझैँ ठिंग उभिएको छ ढोका हुन् त उहिल्यै राजा–महाराजाको पनि सुरक्षा गरेको थियो ढोकाले । ढोका बन्द गरेर ढुक्क हुन्छन् मान्छे अनि, हुन्छन् सर्वांग नांगो बाथरुम, बैठककोठा र बेडरुमका ढोका बन्द गरेर गर्छन् गर्न...


