June 17, 2026, Wednesday
२०८३ असार ३ बुधबार

चस्मा

Advertisement

“चस्मा नलगाए पनि देख्नुहुन्छ ?,” चूडामणिले सोधे । “मेरो चस्मा टाढाको लागि मात्रै हो,” धनपतिले जवाफ दिए ।

Advertisement

“थकाइ कस्तो छ साथी ?,” उनले पुनः सोधे । “अब त मेटियो ।” यति भन्दै मोबाइलमा खिचेका फोटोहरू हेर्न थाले ।

“सहकारीको भ्रमणमा पनि कस्तो उकालो लेकतर्फ ल्याउँछन्, तल ठूलो ढुंगानेर धन्न खुस्किएन ! फोक्सै बाहिर आउलाजस्तो भयो,” चूडामणिको गुनासो थियो ।

बाहिर अरूहरू पनि गफ गर्दै थिए । उनलाई पनि धनपतिले जस्तै आफूले बाटोमा खिचेका फोटो हेर्न मन लाग्यो ।

फोटो हेर्न यसो मोबाइल समातेका थिए, जुरुक्क उठेर बाहिर धारोमा गए । चिसोपानीले छ्यापेर मुख धोए ।

‘अघि तल उकालो चढ्न मुस्किल भएको थियो । लेक लाग्दा कसैको आँखा पनि जान्छ भन्थे, मेरो पनि हान्यो कि !’ मनमा कुरा खेलाउँदै टेबलमा फोन राखे ।

उनलाई गर्मी महसुस भयो । उठेर ज्याकेट खोले ।

हठात् उनको अनुहारमा मुस्कान छायो, “ल हेर, मेरो चस्मा त सर्टको खल्तीमै पो रहेछ !” -baahrakhari