June 29, 2026, Monday
२०८३ असार १६ मंगलवार

२५ वर्षदेखि भैरहवामा जोशी होटलको स्तरीय सेवा

Advertisement

भैरहवा– रुपन्देहीको सिमावर्ती सहर भैरहवा पछिल्लो समय होटल तथा रेष्टुराँको हब बनिरहेको छ । प्रत्येक महिना नयाँ होटल र रेष्टुरेन्ट खुलिरहेका छन् । तर, यहीँ सहरको मुटुमा रहेको जोशी होटलले २५ वर्षदेखि पर्यटकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । यो होटल भैरहवाको ब्राण्ड बनिरहेको छ ।

Advertisement

लामो समयदेखि बुद्ध जन्मस्थल लुम्बिनी, तिर्थयात्री पशुपतिनाथको मन्दिर, बालमीकी धाम, मनकामना मन्दिरमा भ्रमण गर्न आउने विदेशीसँगै स्वदेशी पर्यटकले यो होटल भरीभराउ हुने गरेको छ । सञ्चालक किशोर जोशीका अनुसार होटलमा २९ स्तरीय कोठा छन् । सबै कोठामा एसी जडान गरिएको छ । शारीरिक रुपमा समस्या भएका व्यक्तिका लागि लिफटको पनि व्यवस्थापन गरिएको छ ।

‘होटल शान्त र आकर्षक रहेको छ । सबै सुविधा रहेको होटलमा भारत, श्रीलंका, म्यानमार र धार्मिक देशबाट पर्यटक आउने गरेका छन्’, उनले भने । यो होटल पूर्ण शाकाहारी हो । होटलमा भारतबाट धेरै पर्यटक आउने गरेको होटलका प्रवन्ध निर्देशक जोशीले जानकारी दिए । उनका अनुसार, होटलमा पारिवारिक वातावरण छ ।

यहाँ माछा, मासु, मदिरा केही पनि बिक्री नगरिने संचालक जोशीले जानकारी दिए । यहाँ आउने ग्राहक सबै ७० प्रतिशत भारतीय ग्राहक हुन्छन् । उनीहरु नेपालको बिश्व सम्पदामा सुचिकृत पशुपति मन्दिरमा दर्शन गर्न आउने भएकाले यहाँ सबै खानाको परिकार भेजीटेरीयन हुने गरेको बताए ।

उनका अनुसार भारतमा रहेको बुद्ध सर्किट घुमेपछि बुद्ध धर्मावलम्बी लुम्बिनी आउने गरेका छन् । ‘लुम्बिनी घुम्न आउने कयौं पर्यटक होटल जोशीमा आएर बस्ने गरेका छन्,’ उनले भने, ‘सफा, भेजीटेरीयन खाना, शान्त वातावरणको रमणीय परिवारिक माहोल छ ।’ अबको दिनमा पर्यटकका लागि देबी देउताको किताब, मूर्ति, माला र पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली मन्दिरको एउटा कोठा निमार्ण गरी सबै जानकारी दिने बताए ।

यहाँ एकपटक आइसकेपछि धेरै पर्यटक भैरहवा आउँदा पुनः यसै होटलमा बस्न, खाना र रमाउन आउने गरेको जोशीले बताए । अत्याधिक गर्मीका कारणले गर्दा अहिले पर्यटक त्यति भने भदौ देखि पर्यटकको घुँइचो लागने गरेको जोशीले बताए ।