सर्वोच्चले छाडेन विष्णु पौडेललाई, बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश


भैरहवा– सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेका हुन् ।
नेकपा एमाले उपाध्यक्ष समेत रहेका पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए । आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
मन्त्री पदको दुरुपयोग गरेर पौडेलले भट्टलाई श्रीराम टोवाको प्रालिको सेयर खरिदमा सहजीकरण गरेको विभागका अधिकृतहरू बताउँछन् ।
गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।








प्रतिकृया दिनुहोस्