July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

विपद् प्रतिकार्यमा जुट्न मुख्यमन्त्री आचार्यको निर्देशन


दाङ–मनसुनजन्य विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा जुट्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मातहतका निकायलाई निर्देशन दिएका छन् ।

Advertisement

प्रदेश विपद् व्यवस्थापन परिषद्को १३ औं बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य विपद्का क्षति यस वर्ष बढ्न सक्ने अनुमान गरिएको बताए । पूर्व –मनसुन अवधिमै विभिन्न स्थानमा विपद्का क्षति बढेकाले सबै निकायलाई तयारी अवस्थामा रहन उनले आग्रह गरे ।

Advertisement

राहत सामाग्री सुरक्षित राख्न तथा तीन स्थानलाई केन्द्र बनाएर राहत सामाग्री व्यवस्थापन गर्नपनि उनले निर्देशन दिएका छन् । सुरक्षा निकाय र स्थानीय तहसँग नियमित समन्वय गरेर फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

विपद्को समयमा स्वास्थ्य सेवा, खानेपानी र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन् । विपद्का कारण अवरुद्ध हुन सक्ने सडक तथा यातायातका मार्ग तत्काल सञ्चालनमा ल्याउन सक्ने गरि तैयारी अवस्थामा रहन सम्बन्धित निकायलाई उनले निर्देशन दिएका छन् ।

बैठकले जेनजी आन्दोलनको क्रममा लमहीमा रहेका मन्त्रीहरूको आवास मर्मत गर्ने लगायतका निर्णय गरेको छ ।