April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

टाइब्रेकरमा जित निकाल्दै पिएसजी फ्रेन्च कपको फाइनलमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउट मार्फत मोन्टपिलरलाई पराजित गरेर पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट दुई–दुई गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पिएसजीका लागि केलियन एमबाप्पेले १० र ५० औँ मिनेटमा गोल गरे ।

मोन्टपिलरका लागि लाबोर्डेले ४५ औँ तथा डेलोर्तले ८३ औँ मिनेटमा गोल गरेका हुन् । त्यसपछि टाइब्रेकरमा पिएसजीले मोन्टपिलरलाई ६–५ ले पराजित गरेको हो ।

Advertisement