June 5, 2026, Friday
२०८३ जेष्ठ २२ शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पतालमा फेरि भेटौला कार्यक्रम

Advertisement

बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबार ‘फेरी भेटौला’ कार्यक्रम सम्पन्न भएको छ । अस्पताल बिकास समितिका सदस्य लक्ष्मी भट्टराईले आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी विदा भएको अवसरमा उनलाई अस्पताल परिवारले सम्मानसहित शुभकामना व्यक्त गरेको हो ।

Advertisement

सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले कुनै पनि संस्थामा नेतृत्व आउने जाने क्रम चलिरहने भएपनि संस्थामा छोडेर जाने पदचाप सधै जीवित रहने उल्लेख गरे । अस्पताल बिकास समितिले गर्ने हरेक निर्णयहरुमा विवेकपूर्ण र दूरदर्शी सुझाव तथा प्रस्तवाहरु ल्याउन सक्ने क्षमताको प्रसङ्सा गर्दै अध्यक्ष श्रेष्ठले सदस्यबाट विदा भएकी भट्टराईलाई आगामी यात्रामा थप सफलताको शुभकामना व्यक्त गरे ।

अस्पतालको सेवा बिस्तार तथा गुणस्तर वृद्धिको पक्षमा बिकास समिति सधै सचेत र कटिबद्ध भएको बताउँदै उनले सोही अनुसार चिकित्सक, कर्मचारी तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई जिम्मेवार भएर सेवामा लाग्न आग्रह समेत गरे ।

विदाई कार्यक्रममा बोल्दै निवर्तमान सदस्य भट्टराईले आफू संस्थाको नेतृत्वमा नरहँदा पनि अस्पतालको बिकासका लागि सधै चासो र निगरानी जारी रहने उल्लेख गरिन् । ३ वर्षको अवधिमा अस्पताल भित्र रहेका धेरै समस्या, चुनौति तथा सम्भावनाहरु बारे जानकार हुन पाएको बताउँदै उनले जन अपेक्षा अनुसार सेवालाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिइन् । अस्पतालकी नवनियुक्त सदस्य उमादेवी ढकाल (कल्पना) ले निवर्तमान सदस्य भट्टराईलाई विदाई गर्दै अग्रजहरुको अनुभव र सुझावलाई मनन् गरेर अगाडि बढ्ने प्रतिवद्धता गरिन् ।

अस्पताल प्रमुख मेडिकल सुपेरिटेन्डेन डा. विष्णुप्रसाद गौतमले स्वास्थ्य सेवा प्रभावहलाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने सवामाल अस्पताल बिकास समितिको महत्वपूर्ण योगदा रहेको चर्चा गरे । अस्पतालमा रहेर आफूले विगत २ दशकदेखि सेवा प्रदान गर्दाको अनुभव र नेतृत्वमा आएपछि भेटिएका चुनौतिहरुको सामना गर्दै जाँदा बिकास समितिको महत्वलाई थप नजिकबाट बुझ्ने मौका पाएको उनले बताए ।

अस्पतालमा विशेषज्ञ सेवाहरु थपिँदै जानुका साथै जनअपेक्षा पनि चुलिँदो भएकाले अस्पतालको क्षमता र सेवाग्राहीको चापलाई व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको उल्लेख गरे । अस्पतालमा प्रशासकीय प्रमुख प्रेम गौतमको सञ्चालनमा आयोजित कार्यक्रममा विभागीय प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।