कर्पोरेट कप फुटसलको तयारी पूरा, २६ टीम दर्ता, विजेता पुरस्कार ५० हजार


भैरहवा– ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता–२०८३’ को तयारी अन्तिम चरणमा परेको छ । स्थानीयदेखि बहुराष्ट्रिय कम्पनीसम्मका कर्पोरेट संस्थाहरुको सहभागीतामा भैरहवामा पहिलो पटक सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको आयोजक पब्लिक कुराडटकमले बिहीवार भैरहवामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका वारेमा जानकारी दिएको हो ।
पब्लिक कुराका सम्पादक प्रकाश न्यौपानेले अनलाइन पत्रिका पब्लिक कुरा डटकमले स्थापनाको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा अन्तर्राष्ट्रिय नाकाको सहर र उद्योग–व्यवसायको केन्द्र रुपन्देहीका कर्पोरेट संस्थाबीच समन्वय, सद्भाव र मैत्रीभाव विकास गर्ने उद्देश्यले उक्त प्रतिगोगिताको आयोजना गरिएको जानकारी दिए ।
‘तिव्र सहरीकरणसँगै पर्यटकीय हवका रुपमा विकास भइरहेको रुपन्देहीमा कर्पोरेट कल्चरको विकास अपरिहार्य छ’, न्यौपानेले भने, ‘यस्ता संस्थाबीच हुने खेल आपसी प्रतिस्पर्धा मात्र नभएर एकअर्कासित घुलमिल हुने अवसर मिल्ने विश्वास लिएका छौं ।’
यही जेठ २३ र २४ गते सिद्धार्थनगर–१३ स्थित भैरहवा फुटसल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा रुपन्देही जिल्लामा रहेका विभिन्न २६ वटा कर्पोरेट संस्थाका टीम सहभागी रहेका छन् ।
प्रतियोगिताको टाइटल स्पोन्सर द नेक्स्ट एजुकेशन कन्सलटेन्सीले गरेको छ भने मुख्य प्रायोजक अर्घाखाँची सिमेन्ट लिमिटेड र सह–प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्स र एशियन कंक्रिटो प्रालि छन् । सारथी केबल इण्डष्ट्रिज लिमिटेड, लुम्बिनी एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालि, गणेश ईंटा उद्योग, श्याम प्लाइउड इण्डष्ट्रिज प्रालिले प्रतियोगितामा सहकार्य गरेका छन् ।
प्रतियोगिताको क्याफे पार्टनरमा ब्ल्याक फरेष्ट, हस्पिटालिटी पार्टनरमा होटल पौवा
रेष्टुरेन्ट पार्टनरमा ड्याडिज किचन, मिष्ठान्न पार्टनरमा पवन मिष्ठान्न भण्डार, हेल्थ पार्टनरमा सिद्धार्थनगर सिटी हस्पिटल प्रालि र इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघ, निलम इम्पोटर्स प्रालि, एडभान्स इन्टरनेशनल हस्पिटल र काशी नोबल एकेडेमी स्थानीय सहयोगीका रुपमा छन् । प्रतियोगितामा सहभागी खेलाडीहरुको एक लाख रुपैयाँ बराबरको बीमा गरिएको छ ।
प्रतियोगितामा द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, पंचकन्या समूह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, ब्ल्याक फरेष्ट, सिद्धार्थ यातायात बस व्यवसायी प्रालि, इ–ड्राइभ लुम्बिनी नेपाल प्रालि, विके ज्वेलर्स, सिद्धार्थनगर सिटी हस्पिटल प्रालि, आकाश कापी उद्योग, सारथी केबल इण्डष्ट्रिज लिमिटेड, अर्घाखाँची सिमेन्ट लिमिटेड, बुटवल ट्याक्सी सेवा प्रालि, कमर्सियल बैंक, वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि, ट्राभल नमस्ते प्रालि, भेल्भेट लक्स होटल, बुटवल अटो इन्जिनियरिङ एशोसिएसन रुपन्देही लुम्बिनी, एपीएफ, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, जिल्ला प्रहरी कार्यालय, रुपन्देही, युसीएमएस, अग्नी ग्रुप, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देही, वल्र्डलिंक कम्युनेकेसन लिमिटेड, सिद्धार्थनगर नगरपालिका र लिटमस केबल इण्डष्ट्रिज लिमिडेको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता पुरस्कार रु.५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता पुरस्कार २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र छ । उत्कृष्ट खेलाडीले ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ४ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले ४ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । टीम दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
सामाजिक उत्तरदायित्वसहितका सञ्चारमाध्याम आजको आवश्यता भएको र सञ्चारमाध्यामको मूल जिम्मेवारी भनेकै समाजमा रहेका विभिन्न निकायलाई खबरदारीमार्फत जवाफदेही तुल्याउनु रहेको पब्लिक कुरा डटकमले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ ।
‘समाजमा रहेका निजी, सार्वजनिक, सरकारी निकाय र संस्थाबीच समन्वय, सद्भाव र मित्रता कायम गर्ने दायित्व पनि छ’, प्रेस विज्ञप्तमिा भनिएको छ, ‘एकातिर खबरदारी गरेर सार्वजनिक निकायलाई समाज र नागरिकप्रति वफादार तुल्याउने र अर्कोतिर समाजमा मैत्रीभाव कायम गर्नु नै जिम्मेवार सञ्चारमाध्यामको मुख्य धर्म हो ।’
औद्योगिक नगरीमा रहेका ठूला व्यवसायिक प्रतिष्ठानको एकताबाट मात्रै उद्योगी–व्यवसायी र लगानीमैत्री नीति कायम गर्नका लागि दबाब सिर्जना गर्न सकिन्छ भने विश्वास पब्लिक कुरा डटकमले लिएको प्रधानसम्पादक माधव ढुंगानाले जनाए ।
उद्योग–व्यवसाय फस्टाएको खण्डमा सार्वजनिक सञ्चारमाध्यामको संस्थागत विकास सम्भव हुने र आगामी दिनमा पनि पब्लिक कुरा डटकमले व्यवसायीमैत्री कार्यक्रम आयोजनालाई जोड दिने योजना रहेको ढुंगानाले बताए ।








प्रतिकृया दिनुहोस्