June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

रुपन्देही–३ मा मेरो जित सुनिश्चित : बासुदेव घिमिरे

Advertisement

भैरहवा– नेकपा एमालेबाट रुपन्देही–३ का उम्मेदवार वासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकामा नगरप्रमुखको सफल कार्यकाल र संसदमा खेलेको प्रभावकारी भूमिकाका कारण आफ्नो बिजयीयात्रा धेरै सहज भएको दावी गरेका छन् ।

Advertisement

एमाले रुपन्देही क्षेत्र नम्बर ३ द्वारा मंगलवार भैरहवामा आयोजित ‘उम्मेदवारसँग पत्रकार’ कार्यक्रममा बोल्दै घिमिरेले तिलोत्तमामा नगरप्रमुख हुँदाको कार्यकाल सफल रहेको र ३३ महिनासम्म संसदमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिषयका वारे धेरै कुरा उठान गरेर प्रभावकारी भूमिका खेलेको बताए । ‘बिगतमा मैले नगरप्रमुख र सांसद छँदा खेलेको लोकप्रिय भूमिकाकै कारण यस पटकको निर्बाचनमा बिजयी हुन धेरै सहज बनाएको छ’, धेरै मतान्तरबाट आफू बिजयी हुने दाबी गर्दै पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको जनलहर सामाजिक ञ्जालमा मात्र सिमित छ । रास्वपाको प्रभाव नगन्य बन्दै जान थालेको छ ।’

सामाजिक सञ्जाल हेरेर रास्वपाप्रतिको सकारात्मक धारणा बनाउने क्रम घट्दो अवस्थामा रहेको र रास्वपाप्रति जनलहर बढेको आफूले नपाएको भनाइ उनको थियो । एमाले छाडेर अन्यत्र लागेका कार्यकर्ता अव पार्टीमैं समाहित हुने र अन्य पार्टीबाट एमाले प्रवेश गर्ने क्रम बढेको उनले बताए । बिगतमा आफूले एमाले छाडेको भन्ने प्रश्नको जवाफमा उनले यो बिषय पार्टी भित्रको आन्तरिक कुरा भएको र भ्रष्टाचार नियन्त्रण, सुशासनका बिषयमा बिगतमा पार्टी चुकेको भन्ने मनसाय आफ्नो रहेको जनाए । उनले यस विषयलाई लिएर आफूमाथि अरु पार्टीमा गएर फर्किएको भन्दै अफवाह फैलाइएको दाबी गरे ।

आफू निर्बाचित भएपछि संसदमा आफ्नो भूमिका जनमैत्री कानुन निर्माण र जनताले भोग्नु परेको समसामयिक समस्या समाधान हुने गरि नीति नियम बनाउनमा केन्द्रित रहने उनले जनाए ।

‘भ्रष्टाचार नियन्त्रण, सुशासन, जनपक्षीय नीति तथा कानुन निर्माण र रुपन्देही–३ मा समुचित ढँगबाट विकासका बिषयमैं मेरो भूमिका केन्द्रित रहने छ’, उनले भने, ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित रुपमा सञ्चालनका लागि भारतसँगको कुटनीतिक रुपमा सम्बादसहितको निकास र राज्यबाट गरिनु पर्ने पहलकदमीमा प्रभावकारी भूमिका रहने छ ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा रुपन्देही जिल्लाको मात्र नभएर समग्र मुलुककै विकासको भविष्य निर्भर रहेकाले नियमित सञ्चालनका लागि आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । यसका लागि सरकारको तर्फबाट श्रम, स्वास्थ्य, अध्यागमन, भिसा लगायतका कार्यालय अविलम्ब स्थापना गर्नु पर्ने र बिमानस्थल बाट उडान गर्ने वायु कम्पनीहरुलाई अझ धेरै छुट दिएर भए पनि आकर्षित गर्न आवश्यक रहेको उनले बताए ।

शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक, सामाजिक, सडक, पूर्वाधार, रोजगारी, उद्योग, व्यापार, सुशासन, पारदर्शिता, युवा तथा खेलकुद बाहेक खुल्ला सिमानालाई व्यवस्थित गर्ने र नेपाललाई असर गर्ने गरि भारतले एकपक्षीय रुपमा निर्माण गरेको संरचना वारे भारतसँग छलफल र समन्वय गरेर निकास दिइने योजना आफ्नो रहेको उनले सुनाए ।

सरकारले अन्य क्षेत्रको बजेट केही हदसम्म कटौती गरेर भए पनि कृषकलाई समयमैं बिउमलको उपलब्धता र कृषकद्वारा उत्पादित कृषि उपजको उचित मूल्यमा खरिद गरिदिने बारेमा नीतिगत निर्णय गर्न आफ्नो पहलकदमी हुने उनले बताए ।

मतदाताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति होः एमाले उम्मेदवार घिमिरे