July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

भैरहवाको बुद्धचोकमा लामिनारको नयाँ शोरुम सञ्चालन

Advertisement

भैरहवा– जेजे स्टोनेक्स प्रालि, भैरहवासँगको सहकार्यमा नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लामिनारले नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगरस्थित बुद्धचोकमा शुक्रबारदेखि लामिनारको नयाँ सोरुम संचालनमा आएको हो ।

Advertisement

सोरुमका लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरेका छन् । प्रिमियम टायलका लागि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यताकाबीचमा लामिनारले स्थानीय तहमा नै गुणस्तरिया टायलको विक्रीवितरण सुरु गरेपछि आमउपभोक्तालाई सहज हुने विश्वास गरिएको छ ।

लामिनार टायलको बर्दियामा कारखाना छ । यसका उत्पादन नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाइड टायल) अन्तर्गत पर्छन् । यस्तो टायल कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह र उच्च चमक भएका हाई–ग्लस टायल छन् ्। भैरहवाको शोरुममा लमिनारका ५ सय भन्दा बढी डिजाइनका टायल उपलब्ध हुने बताइएको छ ।

शोरुमलाई घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकलाई लक्षित गरेर बनाइएको हो । यहाँ टायल छनोट गर्दा कुन प्रयोजनको लागि कस्तो टायल छनोट गर्ने भन्ने कुरालाई पनि प्राथमिकता दिइनेछ ।

‘यो शोरुमले ग्राहकलाई टायललाई राम्रोसँग हेर्न, प्रयोगअनुसार छनोट गर्न सहयोग पुर्याउँछ । अब टायल छनोट डिजाइन मात्र होइन, प्रयोगको आधारमा पनि गर्न सकिनेछ’, लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले भने ।

यसैगरी शोरुम उद्घाटन गर्दै मन्त्री पाण्डेयले युवा व्यसायीको संलग्नतामा अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन भएकोमा खुशी व्यक्त गरे । युवाहरुले स्वदेशमा नै पौरख गर्दै देशलाई आत्मनिर्भर बनाउने बाटोमा लागेको बताउँदै व्यवसायलाई सफल बनाउनको लागि आवश्यक समन्वयन गर्ने समते बताए ।

उद्घाटन समारोहमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित लामिनार टायल भैरहवामा आउनु खुसीको कुरा भएको बताए । ‘भैरहवा लुम्बिनी प्रदेशकै केन्द्र भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । यस्तो अवस्थामा लामिनार जस्तो गुणस्तरीय टायलको शोरुम यहाँ सञ्चालन गर्नु हाम्रो लागि खुसीको कुरा हो’, उनले भने ।

जेजे स्टोनेक्स प्रालिका निर्देशक देवकुमार अग्रवालले अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र नहेरी टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेको बताए । उनले लामिनारको यो सोरुममा यी सबै कुराहरु बुझाइने जनाए । ‘यो शोरुमले ग्राहकको भावनालाई सात्मसाथ गर्ने छ, सबै कुरा बुझाएर ग्राहकको रुचिअनुसार हामीले विक्रीवितरण गर्नेछौं’, उनले भने ।

लामिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै टायललाई प्रयोगअनुसार बुझ्ने र छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लैजाने लक्ष्य रहेको जनाएको छ । कम्पनीले नेपालभर १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य राखेको छ ।