August 19, 2026, Wednesday
२०८३ भाद्र ३ बुधबार

चलचित्र ‘मास्टर्नी’को अग्रिम टिकट खुला

Advertisement

यही भदौ ५ गतेदेखि प्रदर्शन हुने फिल्म ‘मास्टर्नी’ को अग्रिम टिकट बिक्री खुला गरिएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्ससहित अन्य केही मल्टिप्लेक्समा पनि चलचित्रको शो खुला गरिएको छ।

Advertisement

रिलिजको तीन दिनअगाडि नै खोलिएको शो संख्या क्रमश: बढ्दै जाने वितरक रोहित कट्टेलले बताए। क्राइम थ्रिलर चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ।

यो चलचित्र १६ बर्ष भन्दा माथीका दर्शकले हेर्न पाउनेछन्। सुवेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रमा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय छ।

आयंका फिल्म्सको व्यानारमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी छ।

चलचित्रको कथा स्वयं अभिनेत्री कार्कीले लेखेकी हुन् भने चलचित्रको पटकथा शान बस्नेतले लेखेका हुन्, संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन्।

चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ। रोहित शाक्य र त्रिशला गुरुङको संगीत रहेको चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका लागि रोयल भीमसेन र ज्ञानु संगम खड्काले तयार गरिरहेका छन्।