July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

तिनाउको बाढीमा फसेका एकजनाको उद्धार

Advertisement

बुटवल– तिनाउ नदीमा आएको बाढीले बगाएका एक जनाको सकुशल उद्धार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिङ्गारनगरस्थित आइतबार बिहान नदीबाट दाउरा निकाल्ने क्रममा गुल्मीको मालिका गाउँपालिका–३, पैयुखर्क घर भई हाल बुटवल–१७, रानीगञ्ज बस्ने ३१ वर्षीय गोरखबहादुर विक फसेका थिए ।

Advertisement

बाढी आएको समयमा खोलाबाट दाउरा निकँल्न खोज्दा विक फसेको र सकुसल उद्धार गरिएको रुपन्देही प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

लामो खडेरी पछि पाल्पा र बुटवलतर्फ पानी परेपछि तिनाउमा बाढी आएको थियो । दाउरा निकाल्ने लोभमा नदीमा जाँदा विक फसेका हुन् । बर्खा सुरु भइसकेकाले नदीको छेउछाउ जान वा जानै परे बुझेर जान प्रहरीको अनुरोध छ ।