रास्वपा महाधिवेशनमा पहिलो चरणको मतदान सकियो, मतगणना हुँदै


चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यका लागि भएको मतदान सकिएको छ । उक्त पार्टीको निर्वाचन आयोगका अनुसार २ हजार ९५९ मत खसेको छ । रास्वपाका करिब ४ हजार मतदाता थिए । निर्वाचनमा ढिलाई हुँदा धेरै मतदाता हिंडेका छन् ।
केहीबेर अघि रास्वपा केन्द्रीय सदस्यको मतदान सकिएको हो । अहिले मुचुल्काको काम भइरहेको निर्वाचन आयोगले बताएको छ । केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ ।
केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि आजै पदाधिकारीको पनि मतदान गरिने जनाइएको छ । खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्रीको मतदान हुने नेता मनिष झाले बताए ।








प्रतिकृया दिनुहोस्