बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित्ता पालिका घोषणा


भैरहवा–लक्षित उमेर समूहका ६ हजार २ सय ८० जना बालबालिकालाई सबै किसिमका खोप लगाएको सुनिश्चित भएपछि बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित्ता पालिका घोषणा गरिएको छ ।
नगरभित्रका १५ महिनामुनिका १ हजार ७ सय ६७ जना र १६ देखि ५९ महिना सम्मका ४ हजार ५ सय १३ गरी जम्मा ६ हजार २ सय ८० जना बालबालिकालाई सबै किसिमका खोप लगाएको सुनिश्चित भएपछि उक्त घोषणा गरिएको हो ।
रुपन्देही जिल्ला समन्वय समिति प्रमुख समेत रहेका जिल्ला खोप समन्वय समिति प्रमुख उमाकान्त चपाई, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रतिनिधिसहितको सहभागितामा बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित्ता घोषणा गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले सबै सरोकारवालाको निरन्तरताको मिहिनेतपछि बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चित्ता घोषणा गर्न सफल भएको बताए ।
बुटवल उपमहानगर स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बुटवल नगरभित्रका १५ महिना मुनिका १ हजार ७ सय ६७ जना र १६ देखि ५९ महिना सम्मका ४ हजार ५ सय १३ गरी जम्मा ६ हजार २ सय ८० बालबालिकालाई सबै किसिमका खोप लगाएको सुनिश्चित भएपछि बुटवललाई पूर्ण खोप सुनिश्चित्ता पालिका घोषणा गरिएको बताए ।








प्रतिकृया दिनुहोस्