भैरहवाको बुद्धचोकमा लामिनारको नयाँ शोरुम सञ्चालन


भैरहवा– जेजे स्टोनेक्स प्रालि, भैरहवासँगको सहकार्यमा नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लामिनारले नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगरस्थित बुद्धचोकमा शुक्रबारदेखि लामिनारको नयाँ सोरुम संचालनमा आएको हो ।
सोरुमका लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरेका छन् । प्रिमियम टायलका लागि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यताकाबीचमा लामिनारले स्थानीय तहमा नै गुणस्तरिया टायलको विक्रीवितरण सुरु गरेपछि आमउपभोक्तालाई सहज हुने विश्वास गरिएको छ ।
लामिनार टायलको बर्दियामा कारखाना छ । यसका उत्पादन नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाइड टायल) अन्तर्गत पर्छन् । यस्तो टायल कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह र उच्च चमक भएका हाई–ग्लस टायल छन् ्। भैरहवाको शोरुममा लमिनारका ५ सय भन्दा बढी डिजाइनका टायल उपलब्ध हुने बताइएको छ ।
शोरुमलाई घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकलाई लक्षित गरेर बनाइएको हो । यहाँ टायल छनोट गर्दा कुन प्रयोजनको लागि कस्तो टायल छनोट गर्ने भन्ने कुरालाई पनि प्राथमिकता दिइनेछ ।
‘यो शोरुमले ग्राहकलाई टायललाई राम्रोसँग हेर्न, प्रयोगअनुसार छनोट गर्न सहयोग पुर्याउँछ । अब टायल छनोट डिजाइन मात्र होइन, प्रयोगको आधारमा पनि गर्न सकिनेछ’, लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले भने ।
यसैगरी शोरुम उद्घाटन गर्दै मन्त्री पाण्डेयले युवा व्यसायीको संलग्नतामा अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन भएकोमा खुशी व्यक्त गरे । युवाहरुले स्वदेशमा नै पौरख गर्दै देशलाई आत्मनिर्भर बनाउने बाटोमा लागेको बताउँदै व्यवसायलाई सफल बनाउनको लागि आवश्यक समन्वयन गर्ने समते बताए ।
उद्घाटन समारोहमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित लामिनार टायल भैरहवामा आउनु खुसीको कुरा भएको बताए । ‘भैरहवा लुम्बिनी प्रदेशकै केन्द्र भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । यस्तो अवस्थामा लामिनार जस्तो गुणस्तरीय टायलको शोरुम यहाँ सञ्चालन गर्नु हाम्रो लागि खुसीको कुरा हो’, उनले भने ।
जेजे स्टोनेक्स प्रालिका निर्देशक देवकुमार अग्रवालले अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र नहेरी टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेको बताए । उनले लामिनारको यो सोरुममा यी सबै कुराहरु बुझाइने जनाए । ‘यो शोरुमले ग्राहकको भावनालाई सात्मसाथ गर्ने छ, सबै कुरा बुझाएर ग्राहकको रुचिअनुसार हामीले विक्रीवितरण गर्नेछौं’, उनले भने ।
लामिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै टायललाई प्रयोगअनुसार बुझ्ने र छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लैजाने लक्ष्य रहेको जनाएको छ । कम्पनीले नेपालभर १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य राखेको छ ।








प्रतिकृया दिनुहोस्