June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

लेउ र ढुसीले विग्रँदो रानीमहलको दृश्य (फोटोफिचर)

Advertisement

पाल्पा- वर्षायामसँगै ऐतिहासिक रानीमहल दरबार पनि लेउले ढाकिन थालेको छ । प्राप्त रंगरोगन र सरसफाई अभावमा रानीमहलका पर्खालहरु लेउले हरियो बनेका छन् । वर्षायाममा संरक्षणको अभावमा रानीमहल दरबारको अवस्था दिनप्रतिदिन लेउले ढाकिँदै गएको देखिन्छ। दरबारको भित्तामा देखिएका चिरा, ढुसी, लेउ र बिग्रिंदो संरचना यसले इतिहास बोकेको यो सम्पदाको महत्वलाई जोखिममा पारेको छ।

Advertisement

यस्तो महत्त्वपूर्ण ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारी तथा गैरसरकारी करिब दर्जन संस्था क्रियाशील रहेको भनिए तापनि व्यवहारमा संरक्षणको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

संस्थागत समन्वयको अभाव, स्पष्ट कार्ययोजना र स्रोतसाधनको न्यून उपलब्धता तथा नियमित निरीक्षणको कमीले गर्दा रानीमहल जस्तो अमूल्य सम्पदा संरक्षणको प्रयासहरू सधैं केवल घोषणामै सीमित हुने खतरा देखिएको छ।

सबै तस्बिरः भीम भण्डारी/पब्लिक कुरा