एकल जिन्दगी

कुरै नसक्ने मान्छे म पुरै मौन भएकी छु,
सबैको पसंदिदा सबैबाट टाढा गएकी छु ।
कुनै चिन्ता नभएनि, खै कुन दुःख छ जस्तो,
सबैको मनमा हुन्छ होला, यो मान्छे छ कस्तो ।
सबैलाई हसाउने मान्छे, अब आफैं के कुराले निराश छु ?
दुनिया हेर्ने सपना भएको मान्छे, घरमै थुनिएछु ।
आफन्तसँगै रमाउने आजभोलि भाइबहिनीबाट नि टाढा भएकी छु,
खुल्ला रुपमा हाँस्ने मान्छे मुस्कुराउन नि छाडेकी छु ।
भीडभाडको दुनियाँमा एक्लै छु अहिले कस्तो,
जहाँ छैन केही कुरा पहिले जस्तो ।
सब यहाँ बद्लेका छन्, बद्ले सबका भाव,
बद्लेका सब मान्छे, बद्ल्यो त्यो सारा गाउँ ।
हामी उस्तै हौं जति ठूलो भएनि,
सम्झन्छु सबै आफन्त, इष्टमित्र जहाँ गएनि ।
सिद्धार्थनगर–४, गल्लामण्डी, भैरहवा
लेखकको सम्वन्धमा