क्षेत्र विकास र सुशासनसहितको समृद्धि मेरो प्राथमिकताः जसपा नेपाल उम्मेदवार खाँ


धकधई- जनता समाजवादी पार्टी नेपाल (जसपा)का रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार मोहम्मद असलाम खाँले क्षेत्र विकास र सुशासनसहितको समृद्धि आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले वर्षौंदेखि जनप्रतिनिधि भएका ठूला भनिएका दलहरुका प्रतिनिधिले जनभावना अनुसार का मगर्न नसकेको सुनाए । यही कारण क्षेत्र नम्बर १ पछाडी परेको उनको भनाई छ ।
संघीय र प्रदेश सरकारबाट संचालित योजनाहरुमा भ्रष्टाचारको गन्ध आइरहेको जनाउँदै अब जेनजी भावना अनुसार क्षेत्रसँै मुलुकमै सुशासन चाहिएको सुनाए । क्षेत्रका विभिन्न ठाउँमा घरदैलो गर्दै जसपा नेपालका उम्मेदवार खाँले क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक संजाल, कृषिको व्यवसायीकरण लगायतका समस्या व्याप्त रहेको बताए । आफूले स्पष्ट नीति र भिजन बोकेर क्षेत्र विकासको प्रतिबद्धता बोकेले एकपटक अवसर दिएर हेर्न उनको आग्रह छ ।
एनले आर्थिक, सामाजिक र राजनीतिक रूपले पछाडी परेका तथा बहिष्करणमा पारिएका बा परेका सीमान्तकृत समुदायहरू मधेसी, आदिवासी जनजाति, थारू, खसआर्य, दलित, पिछडावर्ग, महिला, मुस्लिमलगायत अन्य अल्पसङ्ख्यक समुदायहरूको अधिकार, राष्ट्रिय पहिचान र सम्मानका साथै बिना भेदभाव राज्यद्वारा प्रदान गरिने सेवा–सुविधा, अबसर, साधत्त–स्रोत, सत्ता र शक्तिको पहुँचमा समानुपातिक प्रतिनिधित्व गराई सामाजिक न्यायको प्रत्याभूति गराउन आफू कटिबद्ध रहेको जनाए । क्षेत्रसँग मुलुकभर नै मल अभावले किसानहरु सधैं चिन्तित हुने गरेको सुनाउँदै आफू निर्वाचित भए समस्या समाधानका लागि परिणाममुखी काम गर्ने खाँको प्रतिबद्धता छ ।
क्षेत्रमा सबैलाई पायक पर्ने ठाउँमा विशेषज्ञसहितको पूर्वाधारले भरिपूर्ण सरकारी अस्पताल, डिग्री कलेज स्थापना र सिंचाई समस्या समाधान गर्ने खाका कोरेर जनतामाझ पुगेको खाँ बताउँछन् । नेपालको सामाजिक संरचनामा दलित समुदाय जातिगत भेदभाव, गरिबी र शैक्षिक रुपमा पिछडिएको जनाउँदै दलित र महिलाहरूका लागि समान अधिकार, न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै संरक्षित संसदीय प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था गराउन लागिपर्ने खाँको प्रतिबद्धता छ ।
समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिकलगायत तया सबै खाले शोषण, उत्पीडन र विभेदको अन्त्य गरी समता, स्वतन्त्रता एवं न्यायमा आधारित सामाजिक–आर्थिक व्यवस्था निर्माण गर्न लागिपर्ने उनले बताए ।
जेनजी युवा पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सम्बोधन गराउन लागिपर्ने उनको भनाई छ । भ्रष्टाचारमुक्त समाज निर्माण गर्नका लागि भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता, सुशासन र पारदर्शिताको प्रत्याभूति दिलाइने र सरकारमा रहेर विगतमा भएगरेका सम्पूर्ण भ्रष्टाचारहरू, भ्रष्टाचारसँग सम्बन्धित विभिन्न काण्डहरू उपर छानवीन गरी भ्रष्टाचारीहरूलाई कानूनबमोजिम कारबाही गराउन संसददेखि सडकसम्म आवाज बुलन्द गर्ने खाँले जनाए ।
क्षेत्रमा रहेका गरिब, असहाय, भूमिहीन सुकुमवासी, किसान र मजजुरको समस्याको समाधान गराउन र वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूलाई आफ्नै जिल्लामा बस्न पाउने व्यवस्था मिलाइने उनको प्रतिबद्धता छ । यस्तै, खेलकुद पूर्वाधार विकास, विद्यालयको भौतिक संरचना सुधार गर्दै प्रविधिमैत्री बनाउने खाँले जनाए ।
जसपा नेपालका नेता एवं रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले क्षेत्रगत विकासका स्पष्ट खाका कोरेर चुनावमा होमिएकाले आमनागरिकबाट पार्टीले राम्रो साथ पाइराखेको सुनाए । उनले न्युन स्रोतसाधनका बीच जसपाले नेतृत्व गरे राम्रो का मगर्न सक्छ भन्ने कुरा रोहिणीमा भएको विकासले पुष्टि गरेको बताउँदै एकपटक संघीय संसदमा खाँलाई अवसर दिन आग्रह गरे ।








प्रतिकृया दिनुहोस्