June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

लुम्बिनी विकास कोष : दीपक श्रेष्ठको नियुक्ति रोकिएपछि योजना प्रमुख भट्टलाई उचाल्दै कर्मचारी

Advertisement

भैरहवा– लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि गठन गरिएको लुम्बिनी विकास कोष औचित्यहीन बन्दैं गएको छ । लुम्बिनीका पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणको जिम्मेवारीमा रहेको कोष अहिले बजेट र योजनामा कसले हालीमुहाली गर्ने भन्नेमा सिमित भएको छ । गुरुयोजना लागू भएको करिब ५० वर्ष हुन लाग्यो । अहिलेसम्म गुरुयोजना पूरा हुन सकेको छैन ।

Advertisement

यसैबाट कोष कति प्रभावकारी छ भन्ने स्पष्ट हुन्छ । तर, राजनीतिक दलले आफ्ना कार्यकर्ता भर्ति केन्द्रका रुपमा कोषलाई अहिलेसम्म जिवितैं राखेका छन् । पछिल्लो पटक सरकारले गोरखाका खानेपानी इन्जिनियर दीपक श्रेष्ठलाई कोषको सदस्य सचिव नियुक्त गरेपछि व्यापक आलोचना भयो । श्रेष्ठ खोनेपानी संस्थाको पोखरा कार्यालयमा कार्यरत छन् । उनले लुम्बिनीमा समय बिताएका छैनन् । न कि लुम्बिनीका अध्येता हुन् । लुम्बिनीबारे जानकारी नरहेका र प्रतिष्पर्धाबाट कोषको सदस्य सचिव नियुक्त गर्ने परम्परा लत्याएको भन्दैं स्थानीय बिरोधमा उत्रिए । जसका कारण श्रेष्ठको नियुक्ति प्रमाणिकरण हुन सकेन ।

श्रेष्ठको नियुक्ति अलपत्र परेपछि अहिले लुम्बिनी बिकास कोषमा नयाँ खेलोमेलो सुरु भइसकेको छ । कोषकी योजना प्रमुख स्मिता भट्टलाई सदस्य सचिव नियुक्तिका लागि माओवादी समर्थक र स्मिता भट्टसित स्वार्थ जोडिएका कर्मचारी लागि परेका छन् । उनीहरुले भट्ट नै अब सदस्य सचिव हुने भन्दैं उचालिरहेका छन् । यसबाट भट्ट पनि उत्साहित बनेको कोषका कर्मचारी सुनाउँछन् । कोष परिसरमा रहेका चिया पसलमा पनि भट्टलाई सदस्य सचिव बनाउनु पर्ने भन्दैं उनी समर्थक कर्मचारीले भेला गरिरहेका छन् ।

त्यसो भए भट्ट सदस्य सचिवका लागि उपयुक्त हुन त ? यो प्रश्नमा कोषकै एक कर्मचारी यसरी कटाक्ष गर्छन्, ‘योजना प्रमुख बनेको दुई वर्ष भए पनि दुईसाता लुम्बिनी बसेर काम नगर्नेलाई कसरी सदस्य सचिव स्वीकार्नु ।’ हुन पनि अधिकांश समय कोषको प्रधान कार्यालयमा रहेको भट्टको कार्यकक्ष बाहिरको नेम प्लिेटमा ‘बाहिर’ उल्लेख गरिएको हुन्छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालकी ‘छोरी’का रुपमा प्रचार गरिएको भट्टको झिनो उपस्थितिले लुम्बिनी बिकास कोषका योजना कार्यान्वयन र नयाँ योजना लागू गर्ने विषय अन्योलमा छन् ।

कार्यालय हाजिर भएका दिन पनि भट्टले योजनाको समीक्षा र कार्यान्वयन भन्दा स्वार्थ समूहको घेरामा बस्ने गरेको आरोप छ । दुई साताअघि मायादेवी मन्दिर परिसरमा दीप जलाउने ठेक्का खुलाउने क्रममा भट्ट समर्थक र स्थानीय बासिन्दाबीच हानथाप भयो । झडपको अवस्था सिर्जना भएपछि ठेक्का स्थगित गर्नुपर्यो । ‘योजना प्रमुख आफ्नो समूहलाई ठेक्का दिन चाहन्थिन्,’ लुम्बिनी संरक्षण र प्रवद्र्धनमा क्रियाशील एक स्थानीयले भने, ‘ठेक्कामा लापरबाही गरिनु हुँदैन भन्ने र भट्टको समूहभन्दा बाहिरबाट ठेक्का हालेका व्यक्तिबीच दिनभर लफडा भयो ।’

विश्व सम्पदा सूचिकृत मायादेवी मन्दिर परिसरमा भएको झगडाको असर श्रद्धालुमाथि परेको उनले बताए । ‘लुम्बिनी जोगाउने भन्दा कसरी ठेक्कापट्टा हात पार्ने र आफ्ना कार्यकर्ता पोस्ने भन्नेतिर मात्र ध्यान छ,’ उनले भने, ‘यस्तो अवस्थामा लुम्बिनी कसले बचाउने ?’

लुम्बिनी विकास कोषमा नियुक्तिका लागि बनाइएको मापदण्ड कागजमा सिमित

सदस्य सचिवको नियुक्तिमा मुख्यसचिवले हस्ताक्षर नगरेपछि अलपत्र

लुम्बिनी विकास कोषका सदस्य सचिव नियुक्ति बदर गर्न माग

जेनजी सरकारद्वारा लुम्बिनी विकास कोषमा ‘बिचौलिया’ नियुक्त (भिडिओ)