लुम्बिनी विकास कोषका सदस्य सचिव नियुक्ति बदर गर्न माग


भैरहवा– लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्तिलाई लिएर स्थानीय र सरोकारवालाले बिरोध जनाएका छन् । कोषमा सदस्य सचिव रिक्त हुनासाथ लुम्बिनी चिनेको र योगदान पुर्याउँदैं आएका व्यक्ति नियुक्ति गरिनुपर्ने माग गर्दै आएका स्थानीय फेरि निराश बनेका छन् । सधैं बेवास्ता गरिएपछि यसपटक उनीहरुले नियुक्ति बदर नगरिए आन्दोलनको चेतावनी दिएका छन् । नियुक्तिको निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।
लुम्बिनी बचाउ महाअभियाले लुम्बिनी बिकास कोषको सदस्य सचिवमा गरिएको नियुक्ति बदर गर्न माग गरेको हो । अभियानले कोषका उपाध्यक्ष ल्याहारक्याल लामालाई ज्ञापनपत्र बुझाउँदैं लुम्बिनीको समृद्धि र गरिमा बचाउन उक्त नियुक्त बदरको माग गरेको हो ।
सरकारले गत साता कोषको सदस्य सचिवमा गोरखाका इन्जिनियर दीपक श्रेष्ठलाई नियुक्त गरिसकेको छ । लामो समयदेखि कोषको सदस्य सचिवमा स्थानीयले मौंका पाउनुपर्ने माग राख्दैं आन्दोलन गरिरहेको महाअभियानले यस्तो माग गरेको हो । अभियानका अगुवा रामबिकास चौधरीका अनुसार सदस्य सचिवको नियुक्तिमा यसअघि स्थापित प्रतिस्पर्धाको नियम उल्लघंन गरिएको छ । जसले गर्दा विवाद सुरु भएको उनको भनाई छ । नियुक्तका क्रममा स्थानीय सरोकारवाला, बुद्धीजिवी र अभियानकर्मीसित परामर्श नगरिएकोमा उनले आपत्ती प्रकट गरे ।
‘लुम्बिनीको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बुझेको योग्य व्यक्तिलाई सदस्य सचिव पदमा नियुक्त गरियोस् भन्ने माग छ,’ अभियानले बुझाएको विज्ञप्तीमा उल्लेख छ, ‘हाम्रो शान्तिपूर्ण र जिम्मेवार पूर्वक गरिएको मागलाई बेवास्ता गरिए लुम्बिनी बचाउ महाअभियान जनताको साथ लिएर संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछ ।’ परम्परादेखि लुम्बिनीको माटोसित परिचित व्यक्तिलाई लत्याउँदैं कोषमा गरिने नियुक्तिले स्थानीयको मर्ममा चोट पुर्याउँदैं आएको विज्ञप्तीमा उल्लेख छ ।
जेनजी सरकारद्वारा लुम्बिनी विकास कोषमा ‘बिचौलिया’ नियुक्त (भिडिओ)








प्रतिकृया दिनुहोस्