उच्चस्तरीय टोलिद्वारा क्यासिनो अनुगमन तयारी


भैरहवा– मुुलुकभरका क्यासिनोमा विकृति रहेको गुनासोपछि पर्यटन विभागको अगुवाईमा उच्चस्तरीय टोलीले अनुगमनको तयारी थालेको छ । विभागका अनुसार केही दिनमैं पूर्वदेखि पश्चिमसम्म रहेका क्यासिनो अनुगमन गर्न लागिएको हो । त्यसको प्रारम्भिक तयारी भइसकेको विभागले जनाएको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थिता अनुसार अनुगम पूर्व काठमाडौंमा सम्पत्ति शुद्धिकरण विभाग, नेपाल राष्ट्रय बैंक, राजश्व अनुसन्धान विभाग लगायत नियामक निकायका उच्च अधिकारीबीच बैठक बस्न लागेको छ । उक्त बैठकमा समग्र समस्याबारे छलफल गरेपछि लगत्तै क्यासिनोमा स्थलगत अनुगमन गरिनेछ ।
यसअघि क्यासिनो व्यवस्थित गर्न भन्दैं विभागले १२ बँुदे निर्देशन जारी गरिसकेको छ । उक्त निर्देशन पालना भए–नभएको निरीक्षण गरिने विभागले जनाएको छ । अहिले सिमावर्ती सहरका क्यासिनोले अनलाइन मार्फत् खेल खेलाउनु पर्नेमा क्यासिनो नियमावली २०८२ विपरित टेवल राखेर खेल खेलाउँदै आएका छन् । साथैं नक्कली भारतीय आधार कार्डमार्फत् नेपाली नागरिक प्रवेश गराएर जुवा खेलाउने गरेको गुनासो छ ।
यस बाहेक नियमावलीले क्यासिनो व्यवस्थापनका लागि जारी गरेको नियमावलीको आधा नियम पनि पालना गरिएको छैन । ‘क्यासिनो सञ्चालनमा भइरहेका विकृतिबारे अहिले धेरै गुनासो आएका छन्,’ अवस्थिले भने, ‘यस्ता गुनासा सुनुवाई गर्ने र स्थानीय प्रशासनले नियमन गर्नुपर्ने विषयमा लापरबाही गरिएकाबारे अनुगमनका क्रममा निगरानी गरिने छ ।’ क्यासिनो सञ्चालकले नियम पनि पालना नगर्ने र केही गुनासो आउनासाथ विभागमाथि थोपर्ने प्रचलन रहेको उनको भनाई छ ।
५० प्रतिशत पनि मापदण्ड पालना गर्दैनन् क्यासिनो, नियमावलीअनुसार चल्न प्रशासनको चेतावनी
राजस्व चुहावट आशंकामा रूपन्देहीका क्यासिनोलाई राजस्व अनुसन्धानको ९ प्रश्न
रूपन्देहीका ६ क्यासिनोमाथि अनुसन्धानः कानूनविपरीत गतिविधि र संचालकले अकूत सम्पत्ति आर्जन गरेको आरोप
लाकौलको गेष्ट हाउसमा क्यासिनोको बुटः कानून सबै छुट, पैसाभरी गुटुमुट !








प्रतिकृया दिनुहोस्