June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

भैरहवाका क्यासिनो विवादमा पर्यटन विभाग पनि तात्यो

Advertisement

भैरहवा– सिमावर्ती सहर भैरहवाका क्यासिनोमा अवैध गतिविधि भइरहेको गुनासोपछि पर्यटन विभाग पनि तातेको छ । रुपन्देहीस्थित सरोकारवाला सरकारी कार्यालयले क्यासिनाको विवरण माग गरेको सन्दर्भमा क्यासिनो सञ्चालनका लागि अनुमति दिने निकाय विभाग पनि तातिएको हो ।

Advertisement

विभागमाथि क्यासिनोको लाइसेन्स नविकरण गर्ने बेला नाम मात्रको अनुगमन गरेर झारा टार्ने गरेको आरोप छ । अनुगमनका लागि आएको टोलीले क्यासिनोको बदमासी ढाकछोप गरेको भन्दैं आलोचना भइरहेको छ । पछिल्लो समय जिल्ला प्रशासनले नै नियमावली विपरित टेवल राखेर जुवा खेलाउने र भारतीय आधारकार्डका आधारमा नेपाली नागरिक क्यासिनो छिराइरहेको भन्दैं प्रश्न उठाएको छ । यसपछि आमरुपमा गुनासो बढेको भन्दैं विभागले क्यासिनोसँग जानकारी माग्ने निर्णय गरेको छ ।

यहीँ मेसोमा विभागले क्यासिनोका सञ्चालकसित आवश्यक जानकारी लिने र अनुगमन गर्ने तयारी गरेको छ । पर्यटन विभागका निर्देशक लिलाधर अवस्थीले सबै क्यासिनोमा नेपाली प्रवेशको गुनासो आइरहेकाले अनुगमन गर्ने तयारी थालिएको बताए । क्यासिनो नियमावली २०८२ का सर्त मापदण्ड पालनाका विषयमा सरोकारवालाबीच चर्कोरुपमा कुरा उठेको अवस्थिीको भनाई छ ।

त्यसैले सबै क्यासिनोलाई के–कस्ता गविविधि भइरहेका छन् भन्नेबारे विभागलाई जानकारी गराउन मंगलबारभित्र परिपत्र गर्न लागेको अवस्थीले बताए । विभागले स्थलगत अनुगमन गरेर नियमन गर्ने तयारी भइरहेको उनले जनाए ।

त्यस्तो अनुगमनमा राष्ट्र बैंक, पर्यटन विभाग, सम्पति सुद्धिकरणका प्रतिनिधि सहभागी हुनेछन् । स्थलगत अनुगमनपछि तयार गरिने प्रतिवेदनका आधारमा क्यासिनोमाथि कारबाही गरिने विभागले जनाएको छ ।

अवस्थीले भैरहवा क्षेत्रका क्यासिनोले नेपाली प्रवेश गराएको गुनासो बढीरहेको बताए । यस्तै, उनले मिनी क्यासिनोले टेबल राखेर जुवा खेलाइरहेको पनि गुनासो बढेको बताए । ‘हामीले असारमा अनुगमन गरेका थियौं, हामी आएको थाहा पाएपछि टेबल हटाएको हुनसक्छ’, उनले भने ।

५० प्रतिशत पनि मापदण्ड पालना गर्दैनन् क्यासिनो, नियमावलीअनुसार चल्न प्रशासनको चेतावनी

राजस्व चुहावट आशंकामा रूपन्देहीका क्यासिनोलाई राजस्व अनुसन्धानको ९ प्रश्न