June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

निशानी

Advertisement

जब सुध्रिन खोज्छ बिग्रेको बानी
धेरै याद आउँछ पुरानो कहानी ।

Advertisement

कतिसम्म प्यासा भएको छु, सोच,
थोरै लाग्न थालेछ, फेवाको पानी ।

स्वादै मैले बिर्सेँ त्यो अधरामृतको,
कहाँ त्यो जवानी, कहाँ जिन्दगानी ।

सहर हो कि जंगल हो बुझ्न सकिनँ,
हराएँ यता किन, म जानी–जानी !

म निस्किन खोज्छु जब यादबाट,
कोही रोक्न थाल्छ, मलाई तानी–तानी ।

मुटुको हरेक भित्तामा टाँसिएछ,
निशानी निशानी, निशानी निशानी ।

baahrakhari