June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

पर्याकविता: काव्यमा प्रकृतिप्रेम

Advertisement

महाकवि देवकोटाले कवितामा
रुख रोपे
रुख हुर्काए
रुख बढाए
आज उनैले हुर्काएको रुखले
हामीलाई छहारी दिंदैछ

Advertisement

आदिकवि भानुभक्तले
काव्यमा
वन जोगाए
हरियाली बनाए
हराभरा भयो प्रकृति
आज उनकै पदचाप पछ्याउँदै
स्वस्थ सास फेर्दैछौँ हामी

कवि शिरोमणि लेखनाथको
पर्याचिन्तनले
हामीलाई
वन्यजन्तु संरक्षण गर्न सिकायो
पशुपंक्षी र जनावरलाई
माया गर्न सिकायो
मानवतावादी पाठ पढायो

युगकवि सिद्धिचरणको
देशप्रेमले हामीलाई
माटोको सुगन्ध चखायो
आफ्नो जन्मभूमिप्रतिको
श्रद्धा, भक्ति र अगाध स्नेह दिलायो
माटो, प्रकृति र पर्यावरणको
सम्बन्ध सुझायो
हामी धन्य भयौं
हामी कृतज्ञ भयौं

हाम्रा कविहरूले सदियौँदेखि हामीलाई
प्रकृतिप्रेम सिकाए
माटो र देशको भक्ति बुझाए
पर्याचेतको पाठ पढाए
अब हामी पनि
तिनै महापुरुषहरूले देखाएको
प्राकृतिक बाटो हिंड्न
हातेमालो गरौं । -sahityapost