July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

समाचार

सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी

सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी

कपिलवस्तु–सीमा क्षेत्रमा चोरी तस्करी हुन नदिन सुरक्षा निकायले निगरानी र गस्ती बढाएको वेला कपिलवस्तुमा एकजना व्यवसायीले सुरक्षा चेकजाँचबाट जोगिन आफ्नै मोटरसाइकलमा आगजनी गरेका छन् । भारतबाट तरकारी चोरी तस्करी गरेर नेपाल ल्याइरहेका बेला सशस्त्र प्रहरीको चेकजाँचबाट जोगिन यशोधरा गाउँपालिका–२, हर्दिहवाका २८ वर्षे अंगद मुराउले आफ्नै मोटरसाइकलमा आगजनी गरेको सशस्त्र प्रहरीले जनाएको छ । कपिलवस्तुको मर्यादपुरस्थित…

महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर हुन्छः मुख्यमन्त्री आचार्य

महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर हुन्छः मुख्यमन्त्री आचार्य

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको जनाएका छन् । नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरू समुदायस्तरको स्वास्थ्य सेवाको…

  • किसानको मागअनुसार मल आपूर्ति नहुँदा समस्या

    किसानको मागअनुसार मल आपूर्ति नहुँदा समस्या

    भैरहवा–खेतीपातीको सिजनमा लुम्बिनी प्रदेशमा रासायनिक मलको गम्भीर समस्या देखिएको छ । प्रदेशका ११ जिल्लाका किसान मलको खोजीमा भौतारिन बाध्य छन् । भैरहवास्थित कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशका ११ जिल्लामा मल पठाइएपनि पर्याप्त हुन सकेको छैन । जिल्लास्थित किसानको माग अनुसार...

  • हरियो तरकारीमा ह्वास्स विष

    हरियो तरकारीमा ह्वास्स विष

    भैरहवा– सिद्धार्थनगर–८ की शोभा खनालले सोमबार बिहान कान्छी बजारस्थित तरकारी मण्डीमा पुगेर एक मुठा खुर्सानी साग गरिद गरिन । खरिद गर्ने बेला सागको पात किराले खाए–नखाएको हेरेकी थिइन् । पात किराले खाएको देखेपछि विषादी नभएको विश्वासमा एक मुठाको २० रुपैयाँ...

  • अधिकारी र थापाले जिते प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि

    अधिकारी र थापाले जिते प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि

    भैरहवा– लुम्बिनी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष खुला डबल्सतर्फको उपाधि टासु युनाइटेड गुल्मीका विवेक अधिकारी र डेविड थापा मगरको जोडीले जितेको छ। विजेता जोडीले नगद ४० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा जिल्ला ब्याडमिन्टन सङ्घ गुल्मीका विवेक...

  • प्रधानमन्त्रीको अभिव्यक्ति ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’: खनाल

    प्रधानमन्त्रीको अभिव्यक्ति ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’: खनाल

    पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’...

  • प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको छवि धमिल्यायोः अध्यक्ष साम्पाङ

    प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको छवि धमिल्यायोः अध्यक्ष साम्पाङ

    श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले संसद्‌मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको भर्त्सना गरेको छ। पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त भनाइलाई 'राष्ट्रघाती बदनियत' को संज्ञा दिएको हो। पूर्व निर्धारित तालिकाबिना नै जेठ १७ गते संसद्को बैठक बोलाइएको र त्यसको...

  • रूपन्देहीमा पर्यटक रोक्न छैनन् प्रवर्द्धनका कार्यक्रम

    रूपन्देहीमा पर्यटक रोक्न छैनन् प्रवर्द्धनका कार्यक्रम

    भैरहवा – यतिबेला मुलुकका पहाडी गन्तव्यमा रहेका होटलमा कोठा पाउन मुस्किल छ । लुम्बिनी प्रदेशकै पाल्पा, अर्घाखाँची र प्यूठानको स्वर्गद्वारीमा नेपाली र भारतीयको भीड छ । मुुलुककै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा भारतीय पर्यटकका कारण चहलपहल छ । तर, भारतबाट पर्यटक...