सरकारले दियो लुम्बिनीका २१ विद्यालयलाई ६–६ करोड रूपैयाँ



भैरहवा– लुम्बिनी प्रदेशका २१ विद्यालयलाई शिक्षा तथा खेलकुद मन्त्रालयले करिब ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिँदा लुम्बिनी प्रदेशका २१ विद्यालय पनि परेका हुन् ।
मन्त्रालयका अनुसार, योजनाको पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले भवन, आधुनिक प्रयोगशाला र पुस्तकालय निर्माण गरिने बताइएको छ।
लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन्। जसमा भैरहवास्थित रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयसहित रुपन्देहीका ८ र दाङका ६ वटा विद्यालय समावेश छन्। यस्तै, रोल्पा, बाँके, पाल्पा, कपिलवस्तुका विद्यालय नि समावेश छन् ।
यो योजनाले विद्यालयको भौतिक संरचना सुदृढ गर्नुका साथै विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र प्रभावकारी सिकाइ वातावरण निर्माण गर्न सहयोग पुर्याउनेछ।
यी हुन् लुम्बिनी प्रदेशका विद्यालय
रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय– सिद्धार्थनगर नगरपालिका, रुपन्देही
कालिका मानव ज्ञान माध्यमिक विद्यालय– बुटवल उप महानगरपालिका, रुपन्देही
नविन औद्योगिक रिता माध्यमिक विद्यालय– बुटवल उपमहानगरपालिका, रुपन्देही
शान्ति नमूना माध्यमिक विद्यालय– तिलोत्तमा नगरपालिका, रुपन्देही
कान्ति भैरम माध्यमिक विद्यालय– बुटवल उपमहानगरपालिका, रुपन्देही
पब्लिक माध्यमिक विद्यालय– सियारी गाउँपालिका, रुपन्देही
रामापुर माध्यमिक विद्यालय– सैनामैना नगरपालिका, रुपन्देही
सैनामैना माध्यमिक विद्यालय– सैनामैना नगरपालिका, रुपन्देही
नेपाल आदर्श माध्यमिक विद्यालय– शिवराज नगरपालिका, कपिलवस्तु
जनता माध्यमिक विद्यालय– बाणगंगा नगरपालिका, कपिलवस्तु
पद्मोदय पब्लिक माध्यमिक विद्यालय– घोराही उपमहानगरपालिका, दाङ
माध्यमिक विद्यालय रजेना– घोराही उपमहानगरपालिका, दाङ
माध्यमिक विद्यालय तुलसीपुर सेन्टर– तुलसीपुर उपमहानगरपालिका, दाङ
सिद्द रत्न माध्यमिक विद्यालय– तुलसीपुर उपमहानगरपालिका, दाङ
गुरु जजुर माध्यमिक विद्यालय– तुलसीपुर उपमहानगरपालिका, दाङ
बाल विकास माध्यमिक विद्यालय– घोराही उपमहानगरपालिका, दाङ
रामतुलसी माध्यमिक विद्यालय– रामपुर नगरपालिका, पाल्पा
त्रिभुवन माध्यमिक विद्यालय– कोहलपुर नगरपालिका, बाँके
धम्बोझी माध्यमिक विद्यालय– नेपालगञ्ज उपमहानगरपालिका, बाँके
मङ्गलप्रसाद माध्यमिक विद्यालय– नेपालगञ्ज उपमहानगरपालिका, बाँके
बालकल्याण माध्यमिक विद्यालय– रोल्पा नगरपालिका, रोल्पा








प्रतिकृया दिनुहोस्