June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

देश

लुम्बिनीका मुख्यमन्त्री भन्छन्- संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ

लुम्बिनीका मुख्यमन्त्री भन्छन्- संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत् संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन् । संविधान दिवस–२०८२ का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले संविधान कार्यान्वयनमार्फत् सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । मुख्यमन्त्री आचार्यले संविधानले संघीय बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अंगिकार गर्दै नागरिकका…

विष्णु पौडेलद्वारा आफ्नो हिस्साका गल्ती, कमजोरीप्रति क्षमायाचना

विष्णु पौडेलद्वारा आफ्नो हिस्साका गल्ती, कमजोरीप्रति क्षमायाचना

भैरहवा- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरूप्रति क्षमायाचना गरेका छन् । संविधान दिवसका अवसरमा दिनु भएको सन्देशमा पौडेलले विगतमा एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने भन्दै युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील…

  • तोडफोड र आगजनीमा संलग्नलाई कारवाही गर्न बर्दघाटमा छानबिन समिति

    तोडफोड र आगजनीमा संलग्नलाई कारवाही गर्न बर्दघाटमा छानबिन समिति

    भैरहवा– जेनजी आन्दोलनको क्रममा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भएको तोडफोड र आगजनीका घटनामा संलग्न जनप्रतिनिधि र कर्मचारीमाथि छानबिन गरि कारवाही गरिने भएको छ । नगरपालिकामा र नगरका जनप्रतिनीधिको घरमा तोडफोड र आगजनीका घटनामा नगरपालिकाकै केही कर्मचारी र जनप्रतिनिधिको संलग्नता रहेको...

  • जेनजी आन्दोलनः लुम्बिनी प्रदेशमा ६ सय सरकारी गाडी जलाइयो

    जेनजी आन्दोलनः लुम्बिनी प्रदेशमा ६ सय सरकारी गाडी जलाइयो

    भैरहवा– गत भदौं २३ र २४ गते जेन–जी समूहको आन्दोलनका क्रममा भएको प्रदर्शनबाट लुम्बिनी प्रदेशस्थित सरकारी कार्यालयले ठूलो नोक्सानी बेहोर्नु परेको छ । भदौं २४ गते मध्यान्हपछि भडकिएको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार, सरकारी दस्तावेज, महत्वपूर्ण सामाग्री र सवारी साधन जलाइएको...

  • सिद्धबाबा सुरुङमार्गमा ‘लाइनिङ’ र ढलान सकियो

    सिद्धबाबा सुरुङमार्गमा ‘लाइनिङ’ र ढलान सकियो

    भैरहवा– रुपन्देही र पाल्पाको सिमाना नजिक सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग लाइनिङ र ढलानको काम सकिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानमा निर्माण भइरहेको सुरुङमार्ग अन्तर्गत मुख्य टनेलको भित्री सुरुङको पर्खालमा संरचनात्मक लेपन (लाइनिङ) को काम पूरा भएको छ ।...

  • नेपाल– भारत ओहोर दोहोर गर्नेको अभिलेख राखिँदै

    नेपाल– भारत ओहोर दोहोर गर्नेको अभिलेख राखिँदै

    बर्दिया– जिल्लाबाट नेपाल–भारत ओहोरदोहोर गर्नेको सशस्त्र प्रहरीले सीमा स्थलमा अभिलेख राख्न थालेको छ । सशस्त्र प्रहरी बल नम्बर ३१ गणले यसरी सीमापार आउजाउ गर्नेको अभिलेख राख्न थालेको हो । मुलुकमा जेन–जी आन्दोलपछि अवस्था सामान्य भइसक्दा समेत सशस्त्र प्रहरीले जिल्लास्थित नेपाल–भारत...

  • लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता

    लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता

    भैरहवा – रुपन्देहीस्थित लुम्बिनी विकास कोष र बुटवलमा रहेको लुम्बिनी केबलकारबीच पर्यटन प्रवद्र्धनका लागि सम्झौता भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डीएन कायस्थले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । लुम्बिनी भ्रमणमा आउने स्वदेशी...

  • कृष्णनगरबाट हवाई इन्धन र औद्योगिक कच्चा पदार्थ आयात

    कृष्णनगरबाट हवाई इन्धन र औद्योगिक कच्चा पदार्थ आयात

    कपिलवस्तु– लुम्बिनी प्रदेशको प्रमुख नाका मध्ये कपिलवस्तुको कृष्णनगरबाट हवाई इन्धन र औद्योगिक कच्चा पदार्थ आयात सुरु गरिएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका कारण यस नाकाबाट आयात–निर्यात प्रभावित बनेको थियो । मुलुकका १० ठूला भन्सार नाकामा पर्ने...

  • नेपालगन्जमा यसवर्ष रामलिला प्रदर्शन नहुने

    नेपालगन्जमा यसवर्ष रामलिला प्रदर्शन नहुने

    बाँके– नेपालगन्जमा १ सय ५७ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक रामलिला यसवर्ष प्रदर्शन नहुने भएको छ । प्रत्येक वर्ष घटस्थापनाबाट सुरु हुने रामलिला प्रतिकुल अवस्था देखाएर स्थगन गरिएको छ । रामलीला प्रदर्शन नभए पनि यसपटक रावण बधको सामान्य कार्यक्रम हुनसक्ने रामलिला...